बागलुङ, ७ साउन । वर्षासँगै गए राति खसेको पहिरोले गलकोट नगरपालिका–९ बाङ्गेसल्लास्थित नवदीप आधारभूत विद्यालयको भवन चर्किएको छ । कक्षा कोठाभित्र ढुङ्गासहितको लेदो पसेको प्रअ वसन्ती फुल्देलले बताए । पहिरोको त्रासले पठनपाठनसमेत प्रभावित बनेको छ । “वर्षा भइरह्यो भने यहाँ बस्न सक्ने अवस्था छैन”, प्रअ फुल्देलले भने, “चारैतिर पहिरोको जोखिम छ ।” पठनपाठन व्यवस्थित गर्न […]
Author: Nonstop Khabar
नेप्से उकालो यात्रामा
काठमाडौँ, ७ साउन । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि […]
हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त
पोर्ट ओ प्रिन्स, ७ साउन । हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेको जनाइएको छ । यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजिनामा दिएपछि सोमबार विलियिम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक […]
सिरियामा हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए
इद्लिब, सिरिया, ७ साउन । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् । इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौ व्यक्ति घाइते भएका बताइएको छ । रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली […]
उत्तर कोरियाले बनायो पनडुब्बी
प्योङयाङ, ७ साउन । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् । उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ । केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको […]
चीनले २९ हजार फुटबल मैदान बनाउने
बेइजिङ, ७ साउन । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए । गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए […]
हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन मारिए
लासकार गाह, ७ साउन अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ […]
पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने
काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गरे । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ […]
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ
पोखरा, ७ साउन। गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते […]
चट्याङ्बाट सप्तरीमा दुई जनाको मृत्यु
राजविराज, ७ साउन । आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने […]










