को हुन् नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर पौडेल

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ। सरकारले अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। पौडेलको नाम अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस गरिएको तीन व्यक्तिमध्ये एक हो। सोमबार बसेको सिफारिस समितिको […]

औषधि पसल अनुगमन गर्न पुगेका कर्मचारी नै कुटिए

सञ्जय मिश्रा, रौतहट । रौतहटमा  औषधि पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथि कुटपिट भएको छ । भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला र गाउँलेहरुले कुटपिट गरेका हुन् । बिभागमा दर्ता नगरी औषधि पसल चलाएको, प्रतिबंधित औषधि समेत बिक्री गरेको उजुरीको आधारमा औषधि […]

पुनर्निर्माणमा भक्तपुर मोडल, इस्टिमेटभन्दा ३ करोड कममा लक्ष्मीनरसिंहलाई पुनर्जीवन

भक्तपुर । भक्तपुर नगरपालिकाले लागत इस्टिमेट भन्दा करिब ३ करोड कम खर्चमा ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ । २०७८ मंसिरमा पुनर्निर्माण शुरु भएको भक्तपुर-४ त: मारी क्षेत्रको गःहिटीस्थित सो मन्दिर नगरपालिकाका जनप्रतिनिधिले ३ वर्ष पूरा गरेको अवसर पारेर मंगलबार उद्घाटन समेत गरिएको छ । मन्दिरको कुल लागत इष्टमेट रु. ७ […]

कालोपत्रेको विपक्षमा मन्त्री भण्डारी

काठमाडौं, ६ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघद्वारा काठमाडौंमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनु पर्ने बताए । मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण […]

देशमा छोरा चार, बिगारे घरबार

प्रस्तावना नेपाल, प्राकृतिक र सांस्कृतिक विविधतामा धनी राष्ट्र, आज सामाजिक, प्रशासनिक र नैतिक संकटको भूमरीमा फसेको छ। एउटा लोकप्रिय व्यंग्यात्मक अभिव्यक्तिमा भनिन्छ—हाम्रो मुलुकका चार छोराहरू छन्: सदाचार, सिस्टाचार, अत्याचार, र भ्रष्टाचार। तर तीमध्ये सदाचार रोइरहेको, सिस्टाचार सुतिरहेको, अत्याचार बलवान, र भ्रस्टाचार महान बनेको छ। यो कथात्मक शैलीले नेपालको वर्तमान अवस्थाको गहिरो चित्रण गर्छ। १. सदाचार […]

पुनको प्रष्टोक्ति : प्रचण्डपछिको नेतृत्व बहस निरर्थक, पार्टी टिमले चल्ने टिप्पणी

भक्तपुर,५ जेठ  । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वपछि पार्टी कसरी अघि बढ्छ भन्ने बहसलाई अनावश्यक र निरर्थक बताएका छन्। सोमबार भक्तपुरको नयाँ थिमिमा आयोजित पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग,नेपाल (वाइसीएल) बागमती प्रदेश अधिवेशनलाई  उद्घाटन गर्दै पुनले नेतृत्व हस्तान्तरणबारे पार्टीले पहिले नै विधि बनाइसकेको स्पष्ट पारे। उनका […]

आनिन लिम्बुलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि, चर्चा प्रज्वलको मुस्कानको

काठमाडौँ । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को सातौँ संस्करणको उपाधि आनिन लिम्बुले जितेकी छन् । यस्तै, सिनियरतर्फ लक्षणा थापा र प्रशान्त कार्की तथा जुनियरतर्फ शान्भी श्रेष्ठ विजेता बन्न सफल भएका छन् । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स् प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा […]

कमल थापाले लगे एमालेका केन्द्रीय सल्लाहकार

इनरुवा, ४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् । सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे । “निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र […]

सिटिइभिटीका सहायक निर्देशक पौडेलमाथि कालोमोसो

जनकपुर । भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सहायक निर्देशक तथा जनकपुरको बिपी कोइराला प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलमाथि नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आइतबार कालोमोसो दलेको छ । कालोमोसो दल्ने क्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला […]

सिन्धुलीमा आफ्नै गुरुहरुबाट उपन्यासकार घिमिरे सम्मानित

सिन्धुली, ४ जेठ । आफैं पढेको सिन्धुलीको दुधौली–२, स्थित श्री कमला माविमा उपन्यासकार केशव घिमिरे पुरस्कृत र सम्मानित भएका छन् । गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ‘खडानन्द–पद्मकुमारी शिक्षा पुरस्कार २०८२’ प्राप्त गरेका घिमिरेले आइतबार आफ्नै गुरुहरुबाट सम्मानित हुने अवसर पाए ।  उनको चर्चित उपन्यास रूपिका ले नवसर्जक साहित्य चौतारी नेपाल, हेटौंडाद्वारा आयोजित प्रादेशिक साहित्य […]