प्लेनमा चुम्बन गर्दा लाखौं जरिवाना !

न्यूजकारखाना, अमेरिका । डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाको उडानमा एउटा घटना घट्यो, जसले सबै यात्रुहरूलाई स्तब्ध बनाएको थियो। यो कथा एक महिला यात्रुको हो, जसले आफ्नो अनौठो कार्यले विमानमा अराजकता मच्चिएको थियो र पछि उनको कार्यका कारण यी महिला यात्रुले लाखौं रुपैयाँ जरिवाना खेप्नुसमेत परेको थियो । वास्तवमा, यो डेल्टा एयरलाइन्सको विमान लस भेगासबाट उडेको […]

काठमाडौमा चोरिएको मोटरसाईकल भक्तपुरमा प्रयोग, एक युवक पक्राउ

भक्तपुर । भक्तपुरमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुर थिमि-८ का २७ वर्षिय गुर्जु भन्ने निरोज बज्राचार्य रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी ढुण्डीराज नेउपानेले बताए । शुक्रवार दिउँसो साढे ३  बजेको समयमा प्रहरी प्रभाग दधिकोटबाट चेकीङमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गाम्चाबाट सो मोटरसाइकल र […]

गोल्डेन सुनगाभाका ४३ विद्यार्थीको बिदाइ

भक्तपुर । चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इंग्लिश बोर्डिङ स्कुलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका आफ्ना १७ औं ब्याचका ४३ जना विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। सो अवसरमा विद्यालयमा नवआगन्तुक १०० भन्दा बढी विद्यार्थीहरूको औपचारिक स्वागत समेत गरिएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति -कपल डान्स, सिंगल डान्स, ग्रुप डान्स, तथा […]

भाषा ऐन विद्यालय तहमा पनि कार्यान्वयन गर्न बजेट विनियोजन गरिने मुख्यमन्त्री लामाको खुलासा

बुद्धशरण शाही, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भाषा ऐन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार हेटौँडामा पद्यमरत्न लुमन्ति गुथीको आयोजनामा र संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजित “नेपालभाषाको प्रयोग, प्रचार र प्रवर्द्धन” विषयक विचार गोष्ठीमा बोल्दै उनले विद्यालय तहमा पनि ऐन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए। […]

भिजिट भिसा काण्डमा गृहमन्त्री लेखकको संलग्नता आरोप, राजीनामा माग्दै सर्वोच्चमा रिट

काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै लेखकमाथि गम्भीर आरोप लगाएकी हुन्। अब उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय आइतबार सर्वोच्च अदालतको प्रशासनले गर्नेछ। रिटमा भनिएको छ कि गृहमन्त्री लेखकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको, भ्रष्टाचारमा […]

रविलाई रिहा गर्न सर्वोच्च अदालतको अस्वीकार

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएक‍ो छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको आदेश नदिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरे पछि […]

ख्वपमा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल मजदुर किसान पार्टीका सचिव, ख्वप कलेजका संस्थापक अध्यक्ष तथा संघीय सांसद प्रेम सुवालले सम्मेलनबाट प्राप्त निष्कर्ष नयाँ पुस्ताका विद्यार्थीहरूका […]

फेसबुकबाट नजिक, होटल पुगेपछि ‘हनिट्र्याप’

काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी […]

चाँगुनारायणमा विपद् अभ्यास

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा, आईसेट नेपाल/डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्यमा, भूकम्पीय सुरक्षा तथा आगलागी नियन्त्रणसम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। खरिपाटीमा सो अभ्यास सम्पन्न भएको हो । अभ्यासको उद्देश्य आपतकालीन कार्यसञ्चालन केन्द्रबारे समान बुझाइ विकास गर्नु, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिता परीक्षण गर्नु, […]

हनुमाननगर जेल ब्रेक क्रान्तिमा सीमावर्ती नागरिकको योगदान स्मरण

ललिता साह जेठ ८ सप्तरी । हनुमाननगर जेल ब्रेक क्रान्तिमा सीमावर्ती क्षेत्रको नागरिकले दोहोरो सहयोग गरेर नेपाल भारतको भाइचारा, रोटीबेटीको सम्बन्धलाई थप उचाईमा पुऱ्याउन महत्पूर्ण भूमिका खेलेको पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले बताए । भारतीय राष्ट्र काँग्रेस पार्टी मध्येकै सामाजिक क्रान्तिको बैचारिक विचारधारा भएका जय प्रकाश नारायण , राम मनोहर लोहिया लगायतले […]