राजालाई भूमिका नदिए सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं, १० साउन । स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरे र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि आफ्ना माग सम्बोधन गराउनको लागि खासगरी राजसंस्था […]

बाढीपीडितलाई सहयोग

पोखरा, १० साउन । महिला मात्र आबद्ध लायन्स क्लब अफ लेखनाथ सुनगाभाको टोलीले बाढी प्रभावित रौतहट जिल्लाको गुजरा नगरपालिकामा राहत वितरण गरेको छ । सो क्लबका अध्यक्ष ऋतु पौडेलको नेतृत्वमा रौतहट पुगेको टोलीले बाढीबाट पीडित गुजरा नगरपालिका–८ र ९ का ३० घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेको हो । टोलीले ३० थान पाल, पिफर्म ३० थान, […]

प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश

बुटवल, १० साउन । प्रदेश नं ५ लोक सेवा आयोगको अध्यक्षमा प्रा डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोक सेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोक सेवा आयोग ऐनमा व्यवस्था छ […]

विप्रेषण आयले दीर्घकालसम्म अर्थतन्त्र धान्दैन’

काठमाडौँ, १० साउन । विप्रेषण आयले देशको अर्थतन्त्र दीर्घकालसम्म सञ्चालन नहुने यथार्थ औँल्याउँदै अर्थतन्त्रका जानकारहरुले कृषि क्षेत्र र उद्यमशीलताको विकासबाटै आर्थिक उन्नयन सम्भव हुने बताएका छन् । सङ्घीयतामा मुलुक प्रवेश गरेको चार वर्षको अवधिमा सामाजिक आर्थिक विकासका दृष्टिले स्थानीय तहलाई संरचनागत रुपमा नै सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् । पेट्रोलियम पदार्थको आयात, वस्तुको ढुवानी, […]

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका इन्जिनियर देव अख्तियारको फन्दामा

काठमाडौं, १० साउन । काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेका शिक्षा विकाश तथा  समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र भोजपुर इकाइका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले पोलेपछि सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकाश केन्द्रमा कार्यरत इन्जिनियर दिपेन्द्र कुमार देवसमेत अख्तियारको फन्दामा परेका छन् । उनको अनियमितताको विषयमा ननस्टपखबरले पटक पटक समाचार प्रकाशित […]

मलेसिया बिरुद्ध सिंगापुरको विशाल जित, नेपाल विजेता बन्न अब के गर्नुपर्ला ?

१० साउन, काठमाडौं । आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत सातौँ खेलमा आयोजक सिंगापुरले मलेसियालाई ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। सिंगापुरले यस अघि आफ्नो पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंग खेल वर्षाको कारण हुन नसके पछि अंक बाँडेको थियो। इन्डीएन एसोसीएसन […]

गोयलसंग जोडेपछि ज्ञानेन्द्रलाई तनाव, पत्रकारिताको धर्म पालना नगरिएको जिकिर

काठमाडौं, १० साउन । भारतीय सरकारी जासुसी संस्था रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्किसकेका छन् तर उनको विषयले नेपाली राजनीति अझै तरंगीत देखिएको छ । गोयललाई नभेटेको अथवा भेटेर पनि कुनै अदृश्य प्रस्ताव स्वीकार नगरीएको स्पष्टिकरण दिंदादिंदा नेताहरु हैरान भएका छन् । एउटा सामान्य भारतीय […]

कानून बाझिएपछि यातायात कर उठाउन समस्या

हेटौँडा, साउन १० गते । प्रदेश नं ३ सरकारले साउन १ गतेदेखि लागू गरिएको सवारी तथा यातायात व्यवस्था ऐनको कार्यान्वयनमा समस्या देखिएको छ । सो ऐनको केही प्रावधान सङ्घीय कानूनसँग बाझिएकाले यसको कार्यान्वयनका समस्या देखिएको यातायात व्यवस्था सेवा कार्यालय मकवानपुरले जनाएको छ । समस्या देखिएपछि सवारी साधनमा जरिवानासहितको कर उठाउनसमेत रोकिएको हो । कर बुझाउन […]

मलिंगा आज अन्तिम वानडे खेल्दै , पढ्नुस उनको करियरको ६ रोचक तथ्य

१० साउन, एजेन्सी । श्रीलंकाका तिब्र गतिका बलर लासिथ मालिंगाले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। बंगलादेश बिरुद्द शुक्रबारबाट सुरु हुने ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल खेल्दै सन्यास लिने बताएका छन्। यद्धपि टि-२० क्रिकेटमा भने उनले सन्यास लिएका छैनन्। ३५ बर्षीय मालिंगाले इंग्ल्याण्डमा सम्पन्न बाह्रौं वानडे विश्वकप पछि सन्यास लिने हल्ला बाहिर आएपनि […]

किन मरिरहेका छन् अस्पतालमा सुत्केरीहरु? अर्की सुत्केरीको मृत्यु

कास्की, १० साउन । अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकामा उनको आज बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताएका छन्। मृतकका आफन्तले […]