‘बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकारको सक्रियता’

काठमाडौँ, ३ भदौ । बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सरकारले सक्रियता देखाएको छ । निर्यात प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनदेखि बन्देजसम्मका उपाय अवलम्बन गर्न सरकारले पाँचवर्षे व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । विभिन्न निकायको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा व्यापार घाटालाई कम गर्ने उद्देश्यले ल्याइएको सो कार्ययोजनामा सरकारी संयन्त्रलाई […]

सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला

हेटौँडा, ३ भदौ । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले सवारीसाधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । उक्त अनलाइन आवेदन आगामी असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ । हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकल साविकको नारायणी […]

एभिसी भलिबलः अफगानिस्तान विजयी

काठमाडौँ, ३ भदौ । एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ३–२ सेटले हराएको हो । अफगानिस्तानले बङ्गलादेशलाई २५–२१, १९–२५, १८–२५, २५–२३ र १५–१२ अङ्कले पराजित गरेको हो । जितसँगै समूह ‘बी’ […]

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनको आग्रह

बेइजिङ, ३ भदौ, । चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने ‘अधिकार र योग्यता’ नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न […]

इटालीका प्रधानमन्त्रीद्वारा राजिनामा दिने घोषणा

रोम, इटाली, ३ भदौ । इटालीका प्रधानमन्त्री जिसेपी कोन्टेले छिट्टै राजिनामा दिने तयारीमा रहेको मङ्गलबार बताएका छन् । मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहससकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजिनामा दिन लागेको खुलासा गरेको इटालीका सञ्चारमाध्यमहरूले जनाएका छन् । संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदहरूको बहुमत […]

ब्राजिलमा बन्दूकधारीद्वारा १६ यात्रुलाई बन्धक, उद्धार प्रयासमा प्रहरी

रियो द जनेरियो, ब्राजिल, ३ भदौ । ब्राजिलको दोस्रो ठूलो शहर रियो द जनेरियोमा मङ्गलबार एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले जनाएका छन् । प्रहरीले उनीहरूलाई छुटाउन अपहरणकारी उक्त व्यक्तिसँग वार्ता शुरू गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै मङ्गलबार समाचार तयार पार्दासम्म बन्धक बनाइएका छ जना अपहरणकारीको कब्जाबाट उम्किन […]

जोनसनको पत्रमा ‘आयरिस ब्याकस्टप’ बारे विकल्प प्रस्ताव नगरिएको इयूको दावी

ब्रसेल्स, ३ भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियाका लागि ‘आयरिस ब्याकस्टप’ बिषयमा यूरोपेली संघ (इयू) लाई लेखेको पत्रमा व्यबहारिक विकल्प नभेटिएको भन्दै मङ्गलबार इयूले निराशाजनक जवाफ दिएको छ । आयरिस ब्याकस्टपको अर्थ बेलायत र आयरल्याण्डबीच सीमा क्षेत्रमा कडा नियन्त्रण गर्ने अर्थात् सीमामा सुरक्षाबल तैनाद गर्ने (हार्ड बोर्डर) हो । यूरोपेली आयोगका प्रवक्ता नतासा […]

शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्ने प्रयास भइरहँदा शिक्षा सचिवको सरुवा

काठमाडौं, ३ भदौ । अस्थायी, इसीडी शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न प्रयास भइरहेका बेला सरकारले शिक्षा सचिवको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव खगराज बराललाई सरुवा गरेको हो । बराललाई शिक्षाबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गरी शिक्षामा महेशप्रसाद दाहाललाई सरुवा गरिएको छ । दाहाल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

कर्मचारीको मनोबल खस्किन दिँदैनौँ : मन्त्री पण्डित

काठमाडौँ, ३ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानबमोजिम तीनै तहमा कर्मचारीको समायोजन गरिएको र उनीहरुको मनोबल उच्च बनाउन तलब, भत्तालगायत कानूनमा व्यवस्था गरी अन्य सुविधासमेत प्रदान गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले समायोजनमा गएका कर्मचारीको वृत्ति विकासको सुनिश्चिता गरिएको र विदेश अध्ययन एवम तालीमको व्यवस्थासमेत […]

रवि समर्थकलाई निरास पार्दै अदालतले दियो थप ५ दिन थुनामा राख्ने आदेश

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालतले म्याद थप गरिदिएको छ । चितवन जिल्ला अदालतले उनीहरुलाई थुनामै राखी अनुसन्धान गर्न थप ५ दिनको समय थप गरिदिएको हो । यस अघि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राखी अनुसन्धान गर्न दिएको समय सकिएपछि प्रहरी अनुसन्धानको […]