रवि समर्थकलाई निरास पार्दै अदालतले दियो थप ५ दिन थुनामा राख्ने आदेश

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालतले म्याद थप गरिदिएको छ ।

चितवन जिल्ला अदालतले उनीहरुलाई थुनामै राखी अनुसन्धान गर्न थप ५ दिनको समय थप गरिदिएको हो ।

यस अघि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राखी अनुसन्धान गर्न दिएको समय सकिएपछि प्रहरी अनुसन्धानको लागि थप समय माग गर्दै अदालत पुगेको थियो ।

मंगलवार चितवन जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्नको लागि ५ दिनको म्याद थपिदिएपछि रवी समर्थकहरु निरास देखिएका छन् ।

रवि निर्दोष रहेको भन्दै उनका समर्थकहरुले चितवन केन्द्रित आन्दोलन गरिरहेका छन् । अदालतले म्याद थप गरिदिए संगै रवि समर्थकको आन्दोलन अब के हुने भन्ने प्रतिक्षाको विषय बनेको छ ।

Loading...