काठमाडौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौं र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिका सहसचिव एवं सौर्य दैनिकका पत्रकार विक्रम रत्नलाई पितृशोक परेको छ ।
उनका पिता शुकुवीर रत्नको शुक्रवार असामयिक निधन भएको हो । ७५ वर्षिय शुकुवीर पेटको क्यान्सरबाट ग्रसित थिए । काठमाडौको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
शुकुवीरका श्रीमति, ३ छोरा र ३ छोरी छन् ।
शुकुवीरको पार्थिव शरीरलाई शुक्रबार साँझ पशुपतिस्थित आर्यघाट पुर्याई अन्तिम संस्कार कार्य सम्पन्न गरिएको छ । सिन्धुली निवासी शुकुवीर नेपाली कम्युनिस्ट पार्टीका सदस्य समेत हुन् । शुक्रबार उनको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरु राजन दाहाल, गङ्गानारायण श्रेष्ठ,बिष्णु सापकोटा जुगल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेपाली कांग्रेस सिन्धुलीका नेताहरु त्यसैगरी नेकपा एमाले सिन्धुलीका जिल्ला अध्यक्ष लगायतका नेताहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्षसहित पदाधिकारी र प्रेस सेन्टर नेपालका महासचिव लगायतका पदाधिकारी समेत आर्यघाट पुगेका थिए ।







