एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र बिराटनगर भिड्दै

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।

पहिलो खेल ११ः१५ बजे हुनेछ जहाँ कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। हालसम्म कुनै जित दर्ता गर्न नसकेको कर्णाली याक्स आज आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने लुम्बिनी लायन्सले यसअघि खेलेको खेलमा जित हात पारेको छ। लुम्बिनीले चितवन राईनाेजलाई ६ विकेटले पराजित गरेकाे थियाे ।

दोस्रो खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। जहाँ काठमाण्डु गुर्खाज र बिराटनगर किङ्स भिड्नेछन्। दुवै टोलीले लिगको पहिलो खेलमै जित निकालिसकेका छन् ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो ।

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।