नेसनल प्याव्सनको लोकनृत्य प्रतियोगिता, सेन्ट जोन्स र प्रसादी प्रथम

NPABSON Bhaktapur
NPABSON Bhaktapur

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित सामूहिक र एकल लोकनृत्य प्रतियोगिता २०८२, चाँगुनारायणको नगरकोट फेदीस्थित क्वालिटी स्कुलमा सम्पन्न भयो।

एकल नृत्यतर्फ सूर्यविनायक–५ को सेन्ट जोन्स स्कुलकी छात्रा विबिशा बिबिसा तामाङ पहिलो स्थानमा रहिन्। दोस्रो स्थान सूर्यविनायक–८ को सेक्रेड हार्ट एकेडेमीकी म्हारमेन तामाङले, तेस्रो स्थान सूर्यविनायक–५ को युनिटी स्कुलकी दीपशिखा खड्काले र सान्त्वना स्थान सूर्यविनायक–३ को ईडेन गार्डेन स्कुलकी सरिना भुषालले हात पारे ।

सामूहिक लोकनृत्यतर्फ सूर्यविनायक–८ को प्रसादी पाठशालाले प्रथम स्थान हात पार्यो । युनिटी स्कुल (सूर्यविनायक–५) दोस्रो, ऋतम्भरा (चाँगुनारायण–२) तेस्रो र ईडेन गार्डेन (सूर्यविनायक–३) सान्त्वना स्थानमा परे।

कार्यक्रममा विजेता विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो। प्रतियोगितामा एकलतर्फ १३ र सामूहिकतर्फ १८ विद्यालय सहभागी थिए।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेतालाई पुरस्कार वितरण गर्दै विभिन्न सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीलाई अवसर दिने परम्परा निरन्तर अघि बढाइने बताए।

आयोजक क्वालिटी स्कुलका प्रिन्सिपल जीबी खड्काले सहभागिता र गुणस्तरीयता दुवै कोणबाट हेर्दा कार्यक्रम उत्कृष्ट बनेको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

NPABSON Bhaktapur
NPABSON Bhaktapur