भक्तपुर । उच्च शिक्षा प्राप्तिका लागि अष्ट्रेलिया र न्यूजिल्यान्ड रोज्ने विद्यार्थीका लागि भक्तपुरमा एक्स्पो हुने भएको छ । ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ आगामी भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको हो ।
आर्गस एजुकेशन भक्तपुर, सूर्यविनायकको आयोजनामा हुने तीनदिने यो एक्स्पोमा दुवै देशका प्रतिष्ठित विश्वविद्यालयका अध्ययन कार्यक्रम, छात्रवृत्ति अवसर, भर्ना प्रक्रिया र कलेजबारे विस्तृत जानकारी निशुल्क रूपमा प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।
विद्यार्थीको आवश्यकताअनुसार मार्गदर्शन
मेलामा सहभागी विद्यार्थीहरूले आफ्नो शैक्षिक रुचि र योग्यता अनुसार उपयुक्त विश्वविद्यालय छनोटमा प्रत्यक्ष सहयोग पाउनेछन्। साथै, अनुभवी परामर्शदाताद्वारा कागजात तयारीदेखि भिसा प्रक्रियासम्मको सम्पूर्ण सहयोग उपलब्ध बताइएको छ ।
छात्रवृत्ति, भिसा र रोजगारी सम्भावना
कार्यक्रममा छात्रवृत्ति अवसर र भिसा प्रक्रियाबारे स्पष्ट मार्गनिर्देशन दिइनेछ। साथै, अध्ययन अवधिमा तथा अध्ययनपश्चात उपलब्ध हुने रोजगारी अवसरबारे पनि विस्तृत छलफल हुने आयोजकको भनाइ छ।
आर्गस एजुकेशन लामो समयदेखि नेपाली विद्यार्थीलाई गुणस्तरीय परामर्श र अन्तर्राष्ट्रिय शिक्षा प्राप्तिमा मार्गदर्शन गर्दै आएको संस्था हो। एक्स्पोमा सहभागिताका लागि विद्यार्थीहरूले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सूर्यविनायकस्थित आर्गस एजुकेशनको कार्यालयमा उपस्थित हुनपर्ने सस्थाका निर्देशक किरण सुवालले स्पष्ट पारेका छन् ।
अधिक जानकारीका लागि आर्गस एजुकेशन भक्तपुरको फेसबुक पेज, टेलिफोन नं. ०१–५९२४०१४ वा मोबाइल नं. ९७०५१५०७४१, ९७०५१५०७४२ मा सम्पर्क गर्न सकिने निर्देशक सुवालले जनाएका छन्।







