काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच राख्ने नेपाली विद्यार्थीलाई लक्षित गरी शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर-२०२५ आयोजना हुने भएको छ।
ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजनामा होटल याक एण्ड यतिमा हुने यो मेला बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहने आयोजकको भनाइ छ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ग्लोबल रीचका हेड अफ अपरेसन्स नारायण बजाजले विद्यार्थीहरूले ३ हजार भन्दा बढी शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी पाउने, शतप्रतिशतसम्मका छात्रवृत्ति अवसरको मार्गदर्शन तथा व्यक्तिगत करियर परामर्श पाउने सुविधा रहेको जानकारी दिए। मेलामा प्रवेश निःशुल्क हुनेछ भने दर्ता गर्ने विद्यार्थीलाई आवेदन शुल्कमा ५० प्रतिशत छुटसहित आकर्षक उपहारको व्यवस्था गरिएको छ।
ग्लोबल रीचकी नेपाल अपरेसन कोअर्डिनेटर रितु बजाज गोयन्काका अनुसार, पाँचभन्दा बढी देशका प्रतिष्ठित विश्वविद्यालयको प्रतिनिधित्व रहने कारण यो फेयर अन्य शैक्षिक मेलाभन्दा फरक र प्रभावकारी हुनेछ।
अष्ट्रेलिया, भारत, श्रीलङ्का, नेपाल, भुटान र बङ्गलादेशमा ४६ कार्यालयमार्फत सेवा दिइरहेको ग्लोबल रीचले आगामी भदौ १ मा पोखरा, २ मा चितवन, ३ मा बुटवल, ५ मा बिर्तामोड र ६ गते ललितपुरको कुमारीपाटमा समेत यस्तै मेला आयोजना गर्ने जनाएको छ।
शैक्षिक परामर्शमा १७ वर्षको अनुभव बोकेको ग्लोबल रीचले करिअर परामर्श र अध्ययन अवसरको सही मार्गदर्शनका लागि विद्यार्थी र अभिभावकलाई यो फेयरमा सहभागी हुन आग्रह गरेको छ।







