काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटघाट भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार अपराह्न सो भेटघाट भएको हो ।
सो अवसरमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् ।