ट्याक्टर दुर्घटनामा पाँच घाइते

दिर्घ बहादुर शाही, डाेल्पा । डोल्पाको  मुड्केचुला गाउपालिका वडा नम्बर ७ सर्मिमा आज साँझ करिब ६ बजे लु ५ त १२५५ नम्बरको ट्याक्टर दुर्घटना भएकाे छ ।

दुर्घटनामा साेहि वडाका एकै परिवारका पाँच जना घाईते भएका छन । घाईते हुनेमा जनक बुढा , उनकि श्रीमती धनशाेभा , छाेरि अदिक्षा छाेरा अंकित र भिनाजु पदम रावल रहेकाे सर्मि चौकिका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिएका छन ।

जनक बुढा र अंकितलाई सामन्य घाइते भए पनि अन्य तीन जना भने गम्भीर घाइते भएका प्रहरीको भनाइ छ । उनीहरूलाई थप उपचारकाे लागि नेपालगन्जतर्फ लगिएकाे छ ।

 ट्याक्टर चालक नियन्त्रणमा रहेका र थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।