पाकिस्तानले अमेरिकालार्इ गम्भीर धोका दिएको ट्रम्पको आरोप

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको आरोप लगाएका छन ।

अमेरिकाबाट अर्बौ डलर सहयोग पाईसकेको पाकिस्तानले आफूलाई धोका दिँदै आतंकवादलाई सहयोग गरिरहेको ट्रम्पको आरोप छ । उनले ट्वीट गर्दै अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब डलर भन्दा बढि सहयोग गरेपनि पाकिस्तानले मुर्ख बनाईरहेको उल्लेख गरेका छन् ।

अमेरिकाले गत अगष्टमै पठाउने भनेको २५ करोड डलर सहयोग समेत अझै रोक्ने संकेत गरेको छ । पाकिस्तानले भने अफ्गानिस्तानमा भोगेको पराजयका कारण अमेरिकाले यस्तो टिप्पणी गरेको भन्दै रोष प्रकट गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफले ट्रम्पको भनाई जवाफ तथ्य सहित दिने बताएका छन् । यसअघि पाकिस्तानले आश्रय दिईरहेका आतंकवादी संगठनबाट खतरा रहेको अमेरिकी राष्ट्रिय सुरक्षा नितिले औल्याएको थियो ।

अमेरिकी उपराष्ट्रपति माईक पेन्सले केही दिनअघि अफगानिस्तान भ्रमणका क्रममा अफगानिस्तान विरुद्ध लडिरहेका समुहलाई सहयोग नगर्न चेतावनी दिएका थिए ।

Loading...