माओवादी केन्द्रका दुर्इ पुरुषलार्इ मात्र समानुपातिकमा सिट, बाँकी सबै महिला पठाउनुपर्ने भएपछि ठूलो लफडा

काठमाडाैं, ६ मंसिर । प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्या सार्वजनिक भएसँगै माओवादीमा खैलाबैला मच्चिएको छ । अनिवार्य रुपमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भएका कारण समानुपातिकमा पुरुषलाई स्थान छैन ।

माओवादीले प्रत्यक्षबाट ३६ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउनेछ । यस्तोमा १८ महिला हुनु आवश्यक छ । तर, प्रत्यक्षमा ३ महिलामात्र निर्वाचित भएका छन् । अब १८ पुर्याउन समानुपातिकबाट १५ महिला छान्नुपर्ने हुन्छ । यस्तोमा समानुपातिकमा रहेका पुरुष ‘हेभिवेट’ नेता यतिबेला संसद बन्न लबिङमा छन् । तर, स्रोतका अनुसार जसले जति लबिङ गरेपनि दुईको नाममा कुनै विवाद छैन ।

माओवादीको समानुपातिक सूचीमा धेरैको नाम भए पनि यसपटक निर्वाचन आयोगको नियमावलीअनुसार रोलक्रमका आधारमा समानुपातिक उम्मेदवार चुनिनेछन् । यसो भएमा दुई पुरुषमा माओवादी नेता हितराज पाण्डे र मणी थापा रोलक्रममा सबैभन्दा अगाडि छन् । दुई सिटमा उनीहरु नै सांसद बनेर जाने पक्कापक्की भएको माओवादी स्रोत बताउँछ ।

काे काे बन्दैछन् पीडित ?

समानुपातिकबाट दुई पुरुष मात्र सांसद बन्ने भएपछि सबैभन्दा धेरै पीडा पार्टी एकीकरणमार्फत माओवादीमा मिसिएर समानुपातिक सूचीमा रहेका दुई नेतालाई परेको छ । जनजागरण पार्टीका लोकमणी ढकाल र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह चुनाव अघि माओवादीसँग एकता गरेर समानुपातिक सूचीमा रहेका थिए । यी दुवै एकअघि आ–आफ्नो पार्टीबाट सांसद थिए । तर, अब रोलक्रमका आधारमा पुरुषतर्फ तेस्रो र चौथो नम्बरमा रहेका उनीहरुलाई सांसद बन्न मुस्किल छ ।

अर्कोतर्फ हितराज र मणीलाई छाडेर यी दुई सांसद बन्न सक्ने अवस्था पनि छैन । एमालेसँग पार्टी एकता भएपछि अब उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डले कसरी समायोजना गर्छन् भन्ने धेरैमा छ । त्यसो त पार्टी एकताप्रति असन्तुष्ट एक पक्षले उनीहरुलाई यतिबेला उक्साइरहेको छ । माओवादीका आएर ‘हाता ालग्यो शुन्य’ को अवस्था सिर्जना भएको भन्दै सो पक्षले अब एमाले–माओवादी एकतापछि झन् अस्तित्व नै नरहने डर देखाउँदै छ । तर, ढाकाल र सिंह पर्ख र हेरको स्थितिमा छन् ।

समानुपातिक सूचीको रोलक्रममा पुरुषतर्फ पाचौँ, छैठौँ र सातौँ नम्बरमा रहेका प्रचण्डका आफन्तसमेत रहेका नारायण दाहाल, कुमार पौडेल र चुडामणी खड्का समेत हब पीडित हुने भएका छन् ।

त्यस्तै समानुपातिकमा रहेर चर्चा कमाएका माओवादी नेता ल्ह्यारक्यार लामाको सांसद पदसमेत धरापमा परेको छ । लामासँगै समानुपातिकमा परेपछि धेरैको आशा जागेको थियो ।

Loading...