सरकार तताउँदै प्रधानमन्त्री, सबै मन्त्रीहरुका कामबारे दैनिक रिपोर्टिङ्ग लिइने

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको यस निर्णय बारेमा जानकारी दिएका हुन् ।

उनले भने- ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्‌बाट गराएको पनि छु । सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने । त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ । सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरूलाई र सबै कर्मचारीहरूलाई तताउँछ भन्ने मेरो विश्वास छ । हामी बल गर्दै छौँ ।’

Loading...