चुनावमा कतै नदेखिएर पनि फरार रहेका एसएसपी हत्या आरोपी रेशमको ४ गुणा बढी मत

काठमाडाैं, २४ मंसिर । प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका राष्ट्रिय जनता पार्टी राजपाका एक उम्मेदवार फेरि चर्चामा अाएका छन् । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका बेला सर्वाधिक चर्चामा अाएका र त्यसबेलादेखि नै भूमिगत जीवन बिताउँदै अाएका रेशम चाैधरी फेरि चर्चामा अाएका छन् ।

कैलालीकाे निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका चाैधरीले अाफ्ना प्रतिद्वन्द्वीभन्दा ४ गुणा बढी मतले अग्रता लिइरहेका छन् । चाैधरीले ९ हजार ९ सय २४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाहले हालसम्म केवल २ हजार १ सय ८४ मत छ ।

भूमिगत अवस्थामै चाैधरीले यसपटक कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका थिए । उनी अाफै अाएर उम्मेदवारी दिएकाे नभर्इ अाफ्ना वारेस मार्फत उम्मेदवारी दर्ता गराएका थिए ।राष्ट्रिय जनता पार्टी राजपाबाट उम्मेदवार बनेका उनलार्इ प्रहरीले भेट्याे कि गिरफ्तार गर्ने बताउँदै अाएकाे छ । तर रेशम भने अाफूमाथि लागेका अाराेपकाे प्रतिवाद गर्दै अाएका छन् । उनीमाथि अदालतमै ३ वटा मुद्दा छन् । टिकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरी र एक बालककाे हत्या घटनाका उनलार्इ प्रमुख याेजनाकार भएकाे प्रहरीकाे दावी छ ।

चुनाव प्रचारप्रसारमा कतै सहभागी भएनन् । उनकी श्रीमती र छोरीले उनको चुनाव प्रचार प्रसार गरेका थिए ।

याे पनि पढ्नुहाेस्

प्रहरीका मोस्ट वान्टेड रेशम चौधरी भूमिगत भएरै जितको नजिक, उम्मेदवारी परेर जित्न थालेपछि बल्ल थाहा पायो प्रहरीले

 
Loading...