प्रहरीका मोस्ट वान्टेड रेशम चौधरी भूमिगत भएरै जितको नजिक, उम्मेदवारी परेर जित्न थालेपछि बल्ल थाहा पायो प्रहरीले

धनगढी, २४ मंसिर । प्रहरीका सर्वाधिक खाेजीकाे सूचीमा रहेका एक व्यक्तिले चुनाव जित्ने अवस्थामा पुगेका छन् । राेचक त याे छ कि ती व्यक्तिले अहिले चुनाव जित्न थालेपछि बल्ल प्रहरीले अब के गर्छ भन्ने चर्चा सुरु भएकाे छ । भूमिगत अवस्थामै सुटुक्क उम्मेदवारी दर्ता गरेर भूमिगत अवस्थामै प्रचार प्रसार गरेर जित्नै लागेपछि बल्ल प्रहरीले चुनाव लड्न लागेका व्यक्ति तिनै हुन भन्ने प्रहरीले थाहा पाएकाे छ । 

यसरी चुनाव जित्न थालेका व्यक्ति हुन रेशम चाैधरी । उनी कैलालीकाे टिकापुरमा प्रहरीका वरिष्ठ अधिकारी एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने भएकाे हत्याकाे घटनामा जाेडिएका व्यक्ति हुन् । उनी उक्त घटनाका प्रमुख याेजनाकार र घटनामै सम्लग्न व्यक्ति भएकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ । अरु केही व्यक्तिहरु अहिले जेल जीवन बिताइरहेकाे भए पनि उनी भने अहिलेसम्म लुक्दै बसिरहेका थिए । चौधरीविरुद्ध अदालतमा तीन वटा मुद्दा चलिरहेका छन् । तर, उनी फरार रहेकाले कारवाही अगाडि बढ्न सकेको छैन् । 

तिनै रेशम चाैधरीले यसपटक कैलाली क्षेत्र नम्वर १ मा प्रतिनिधि सभाकाे सदस्य पदमा उम्मेदवारी दर्ता गरेका थिए । त्याे पनि अाफै उपस्थित नभएर अाफ्ना वारेसमार्फत उनले उम्मेदवारी दर्ता गराएका थिए । उनकाे उम्मेदवारी रेशमलाल चाैधरीकाे नाममा दर्ता छ । राष्ट्रिय जनता पार्टी राजपाबाट उम्मेदवारी दिएका उनले भूमिगत अवस्थामै चुनाव प्रचारप्रसार गरेका थिए । अहिले उन जितकाे नजिक रहेकाे बताइएकाे छ । उनले अहिलेसम्म ४ हजार २ सय ११ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वद्वी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी मदनाकुमारी शाहले १ हजार ४१ मत मात्र पाएकी छन् । 

उता जिल्ला प्रहरी कार्यालय कैलालीले भने उनले चुनाव जिते पनि पक्राउ गर्ने बताइरहेकाे छ । कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले रेशमले चुनाव जिते पनि उनलाई पक्राउ गरिने बताएका छन् । उनले भने, ‘चुनाव जिते पनि प्रहरीको नजरमा सबै अपराधी समान हुन् । फरार रहेका रेशमलाई बाहिर आउनेवित्तिकै समात्छौं ।’

२०७२ भदौ ७ गते भएको टीकापुर भएको हिंसात्मक घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो । 

Loading...