यस्तो छ भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीलाई बुझाएको ११ बुँदे मागपत्र

भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।

भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा मागसहित ज्ञापनपत्र बुझाएका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत उक्त ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई पठाइएको पाँच दलीय गठबन्धनले जनाएको छ ।

जिप्रका पुगेर नेताहरुको टोलीले ज्ञापन पत्र बुझाएपछि प्रजिअ भट्टराईले आफूले उक्त पत्र प्रधानमन्त्रीले प्राप्त गर्नेगरी पठाइदिने प्रतिवद्धता प्रकट गरेका छन् । ज्ञापन पत्रमा हस्ताक्षरकर्ता नेताहरु नेपाली काँग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा(एमाले) का अध्यक्ष रजन केसी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका अध्यक्ष शिवहरी खनालले संयुक्तरुपमा ज्ञापन पत्र प्रजिअ भट्टराई मार्फत प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् । उक्त ज्ञापन पत्र नेता डिपी ढकालले बाचन गरी सुनाएका थिए भने ज्ञापन पत्र नेपाली काँग्रेसको पार्टी कार्यालयमा बैठक बसी तयार पारिएको नेपाली काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले बताएका छन् ।

ज्ञापनपत्रमा पाँचदलिय गठबन्धनले विभिन्न ११ वटा माग समेत अघि सारेको छ । ज्ञापनपत्रमा नेपाली जनतासँग गम्भिर आत्माआलोचना गरी संविधान कुल्चिएर गरिएका सबै असंवैधानिक कदम खारेज गरी देशलाइ संवैधानिक बाटोमा हिडाउन माग गारिएको छ । कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न र तत्काल आम नागरिकलाई निःशुल्क खोपको ब्यवस्था गर्न, नागरिकको निःशुल्कउपचारको ब्यवस्था मिलाउन तथा अस्पतालमा आवश्यक औषधी र उपकरणको ब्यवस्थापन गर्न माग गरिएको छ ।

त्यसैगरी लकडाउनले अभावसँग जुधिरहेका नागरिकलाई तत्काल राहत दिन, कोभिड विरुद्ध अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मी र राष्ट्र सेवकको मनोबल उच्च राख्न शतप्रतिशत भत्ताको ब्यवस्था मिलाउन समेत मागगरिएको छ ।

त्यस्तै लकडाउनका कारण आम विद्यार्थीको शैक्षिक सत्र बिग्रिएकाले वैकल्पिक ब्यवस्था गर्न, किसानहरुलाई सहजरुपमा आफ्नो उपज बजारमा लैजान सहजीकरण गर्दै खेतीपातीको यो समयमामल, बिउ बिजनको सहज रुपमा सुपथ मुल्यमाउपलब्ध गराउन र बालीको क्षतीपूर्ती दिन समेत माग गरिएको छ ।,

लकडाउनका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायीहरुलाई किस्ता तिर्ने समय थप गर्न र लकडाउन अवधिको ब्याज र हर्जना मिनाह गरी पुर्न कर्जाको ब्यवस्थागर्न, विकास आयोजनाहरुलाई सम्पन्न गर्न आवश्यक ब्यवस्था मिलाउन र कृतिम मूल्यबृद्धि नियन्त्रण गरी आपुर्तीको सहज वातावरण निर्माण गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

‘कोभिडको माहामारीमा सबै शक्ति एकताबद्ध भएर त्यसका विरुद्ध राष्ट्रिय एकताका साथ लड्ने वातावरण निर्माण गर्नुपर्ने बेलामा प्रधानमन्त्री ओली र उनको सरकार असंबैधानिक र अलोकतान्त्रिक तबरले जनताको जनप्रतिनीधि संस्था प्रतिनिधि सभाको विघटन गर्दै प्रतिगमनको बाटोमा हिडेको ज्ञापनपत्रमा उल्लेख छ ।

हेर्नुस् ज्ञापन पत्र

Loading...