इतिहासमै पहिलोपल्ट ठूलो संख्यामा शिक्षकको सरुवा कुन शिक्षक कुन पालिका जाँदै? सूचीसहित

काठमाडौं, १ पुस । घर पायक र सुगम ठाउँमा मात्र शिक्षकहरु बस्ने गरेको आरोप लागिरहेका बेला सरकारले इतिहासमै पहिलोपल्ट ठूलो संख्यामा शिक्षकको सरुवा गर्ने भएको छ । शिक्षक सरुवाका लागि दरबन्दी मिलान र पुनर्वितरणका लागि किटान गरिएको पालिकागत दरबन्दी विवरण सार्वजनिक गरिएको छ । सोही अनुसार शिक्षक सरुवाका लागि सरकारले तयारी थालेको छ । सरकारले शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको प्रतिवेदनलाई लत्याएर शिक्षक दरबन्दी मिलान र पुनर्वितरण शुरु गरेको छ ।

विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि कार्यदल गठन गरेर सुझाब लिए पनि त्यसको उपेक्षा गर्दै प्रक्रिया शुरु गरिएको हो । सरकारले आगामी शैक्षिक सत्र अगाडि नै सक्ने गरी विद्यालय तह ९बाल कक्षादेखि कक्षा १२ सम्म० का एक लाख ५२ हजार ५२३ शिक्षकको दरबन्दी मिलान प्रक्रिया शुरु गरेको जनाइएको छ ।

पालिकागत रुपमा दरबन्दी किटान भएको र शुरुमा पालिकागत रुपमै दरबन्दी मिलान र पुनर्वितरण हुने शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका छन् । त्यसपछि जिल्ला, प्रदेश हुँदै आवश्यक परेमा संघीयरुपमै दरबन्दी मिलान एवं पुनर्वितरण हुने जनाइएको छ । यसले विद्यार्थी संख्याका आधारमा दरबन्दीको समानुपातिक पुनर्वितरण मात्रै गर्ने शर्मा बताउँछन् ।

हेर्नुहोस् विवरण

 

Loading...