विद्या भट्टराईले लिइन् सांसदको सपथ

काठमाडौँ, १ पुस। गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् । सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो । संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ ।

कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै विजयी भएकी थिइन् । उनले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए ।