युवा संघ र वाइसिएलबीच ४२ र ३५ जिल्लाको भागवन्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको जनाएको छ।

७७ वटै जिल्ला र महानगर कमिटीको एकता टुंगो लागेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यस्तै, माओवादी केन्द्र निकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष दिनेगरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ।

युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय गरेको छ।

यस्तो छ बाँडफाँड गरिएको लिस्ट