आसियन सम्मेलन थाइल्याण्डमा सुरु

बैंकक, १७ कात्तिक । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन ९आसियन० को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ । बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ चाले दक्षिणपूर्वी एसियालाई समृद्ध र दिगो विकाससहितको क्षेत्र बनाउन आह्वान गरे ।

उनले क्षेत्रीय बृहत आर्थिक साझेदारीतासम्बन्धी सम्झौतामा पुगेर सबै सदस्य राष्ट्रहरु सहयोगी भई सहकार्य गर्नुपर्नेमा समेत जोड दिएका थिए । यसै वर्षभित्र आर्थिक बृद्धि, व्यापार र लगानीका लागि प्रेरित गर्न समेत उनले सबैलाई आग्रह गरे । सन् १९६७ मा स्थापित आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सदस्य छन् । सम्मेलनमा चीन, भारत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र न्यूजील्याण्डलाई पनि आमन्त्रण गरिएको छ ।