कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु

कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ ।

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे हाे । ना ५ ख ३९४३ नम्बरकाे यात्रुबाहक बसमा यात्रा गरेका २२ जना यात्रु मध्ये ५ जना घाइते भएकाे र अरु सकुशल रहेकाे कालिकाेट प्रहरीले जानकारी दिएकाे छ । अाेरालाेमा ब्रेक नलागेपछि चालकले बसलार्इ चट्टानमा लगेर ठाेक्काएर जाेगाएका कारण ठूलाे मानवीय क्षति हुन नपाएकाे स्थानीयले बताएका छन् ।

जुम्लाबाट नेपालगञ्जका लागि छुटेकाे बस सेरावाडाकाे अाराेलाेमा अनियन्त्रित भइ दुर्घटनामा परेकाे प्रत्यक्षदर्शीले बता । घाईते ५ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ । घाइते मध्ये ४ जनाको टाउको र मुखमा चोट लागेको छ भने १ महिलाकाे छाती र हातमा चोट लागेको छ ।

घाइते हुनेहरुमा बसका सहचालक जुम्ला चन्दननाथ नगरपालिका ८ घर भएका टेकेन्द्र धराला, सुर्खेत भेरीगंगा नगरपालिका —११ छिन्चुका खड्क बाेहोरा, कालिकोट खाँडाचक्र नगरपालिका —१ की रश्मी नेपाली, सुर्खेत बिरेन्द्रनगर नगरपालिका—११ की माया रावत रहेका छन् । बस चालक बलबहादुर चुनारा सामान्य घाईते भएका छन् ।

बसका सहचालक टेकेन्द्र धरालाले ओरोलो बाटोमा बस चार नम्बर गेयरमा रहेकाे र बसकाे गति प्रतिघन्टा ३० किमी जति रहेकाे बताए । ओरालोमा गेयर पनि चेन्ज नभएकाे र ब्रेक पनि नलागेपछि चालकले बसलार्इ चट्टानमा लगेर ठाेक्काएकाे यात्रुले बताए ।

Loading...