सुनकोसीमा फेरि खस्यो बस, ६ जनाको शव भेटियो, २० घाइते, केही वेपत्ता

काठमाडौं, १७ कार्तिक । दोलखाबाट आएको शैलुंगेश्वरी यातायातको बस सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटे नजिकैबाट बस सुनकोसी नदीमा खसेको हो । दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

बस खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले २० जनाको उद्धार गरिएको जानकारी दिएको छ ।

उद्धार गरिएका घाइतेहरुलाई काभ्रेको बनेपा अस्पतालमा उपचारका लागि पु¥याइएको छ । प्रहरीले बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएको जनाएको छ । सो जानकारी नहुँदा केही यात्रु पानीमा हराएको हुनसक्ने बताइएको छ ।

Loading...