पनौतीबाट काठमाडौं आउँदै गरेको बस जोरपाटीमा दुर्घटना, १६ जना घाइते (फोटोसहित)

भक्तपुर, १७ भदौं । भक्तपुरकाे जाेरपाटीमा एक यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । काभ्रेकाे पनाैतीबाट काठमाडाैं अाउँदै गरेकाे बा२ख ९५८० नम्बरको यात्रुबाहक बस सूर्यविनायक नगरपालिका वार्ड नं ९ जोरपाटीमा अाइपुगेपछि दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परी १७ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । शनिबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत जोरपाटी स्थित ओभरटेक गरेर आएको भ्यानलाई जोगाउन खोज्दा बस पल्टिएको बताइएकाे छ ।

दुर्घटनाबाट घाइते यात्रु सबैको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी दिपक श्रेष्ठले बताएका छन । घाईते सबैको अवस्था खतरामुक्त रहेको समेत उनले जानकारी दिए ।

Loading...