नेपालको सर्वोत्कृष्ट बनेर राजर्षी गुरुकूलले पायो एशियाली शिक्षा नेतृत्व पुरस्कार २०१९

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार २०१९ (Asian Educational Leadership Award२०१९) पाएको छ ।

एसियाका विभिन्न देशका उत्कृष्ट प्रतिस्पर्धी विद्यालयहरुमध्ये उत्कृष्ट बनेको राजर्षि गुरुकूलले योसँगै ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल २०१९’(Best International School In Nepal २०१९) पनि हासिल गरेको छ ।

यही १५ सेप्टेम्बरमा भारतको पश्चिम बंगालको कलकत्तामा सम्पन्न कार्यक्रममा विद्यालयलाई उक्त दुई अवार्ड प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले शिक्षा क्षेत्रमा विभिन्न नवीन आयामहरु र नवप्रपर्तनका कामहरु गरी शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले पुर्याइरहेको योगदानको कदर गरी उक्त पुरस्कार दिइएको बताए ।

उनले विद्यालयले अन्तर्राष्ट्रिय पूर्व प्राथमिक पाठ्यक्रम(इन्टरनेशनल प्राइमरी करिकुलम, आइपीसी), क्याम्ब्रिज इंग्लिश ल्याग्वेज एसेस्मेन्ट लागू गर्दै स्वदेशका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको जानकारी दिँदै विद्यालयले न्यूजिल्याण्डसँ थ्रीडीआई कार्यक्रम, द सेफिल्ड प्राइभेट स्कुल, विद्यालयमा चिनियाँ भाषाको पठनपाठनसँगै युथ चाइनिज टेस्ट र चाइनिज प्रोफिसेन्सी टेस्ट लगायतका कार्यक्रममा विद्यार्थीहरुलाई निरन्तर सहभागी गराउँदै आएको बताए ।

शिक्षाको क्षेत्रमा उत्कृष्टता, प्रतिष्ठा र अनुकरणीय कार्यलाई दर्शनीय शैलीमा मनाउने र सम्मान गर्ने विद्यालयलाई यो पुरस्कार प्रदान गरिँदै आएकोमा यो वर्ष राजर्षि गुरुकुल विद्यालय छनोटमा परेको उक्त स्कुल एशियाको सब भन्दा राम्रो अन्तर्राष्ट्रिय स्कूलहरूमा दर्ज भएको आयोजक अर्पित सर्भिसेसले जनाएको छ ।
सोही कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रेष्ठलाई आउटस्ट्यायण्डिङ लिडरसीप प्रिन्सिपल अफ दि इयर २०१९ बाट सम्मानित गरिएको छ ।

श्रेष्ठले आफूहरुले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा शिक्षा क्षेत्रमा गरिरहेको नौलो अभ्यासलाई पुरस्कृत गरिएको महशुस गरिएको उल्लेख गरे । ‘पुरस्कार पाउँदा हामीलाई ठूलो गर्व लागेको छ, स्कूलमा अन्तर्राष्ट्रिय पाठ्यक्रम लागू गरी एकआपसमा सांस्कृतिक अनुभव आदानप्रदान गर्दा विद्यार्थीलाई अहिलेको युग सुहाउँदो बनाउन सजिलो भएको छ ।’

विद्यार्थीलाई एक आदर्श शिक्षा वातावरण प्रदान गर्न समर्पित विद्यालयको रुपमा रहेको सो स्कुलका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुले आफ्नो व्यक्तिगत क्षमताको अन्वेषण गरी विशिष्ट कलाको विकास गर्न थलोको रुपमा रहेको बताए । ‘हामी एक प्रगतिशील शिक्षण शैली अनुसरण गर्छौं जुन बालकेन्द्रित र अत्यधिक व्यक्तिगत हो, जहाँ प्रत्येक बच्चा सक्रिय रूपमा उनीहरूको आफ्नै शिक्षामा भाग लिन्छ । शैक्षिक उत्कृष्टताको लागि मात्र प्रयास गर्नुको साटो हामी बच्चालाई समाजमा आवश्यक पर्ने भविष्यका सीपहरू विचार गरेर सम्पूर्ण बच्चालाई शिक्षा दिन र विकास गर्छौं । हामी प्रायोगिक शिक्षामा विश्वास गर्दछौं ।’

Loading...