३८ सय बढी बेरोजगारका लागि खुल्यो जागिर, हजाम–कुचिकारदेखि खेलाडीसम्म माग (विज्ञापनको पूरा विवरण सहित)

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं भर्ना छनौट महाशाखाले ३ हजार ८ सय ३१ जनाका लागि भर्ना खोलेको हो ।

प्रहरी प्रधान कार्यालयले खोलेको नयाँ भर्नामा जवान पदमा मात्र ३ हजार ५ सय ९६ जनाको कोटा छ । त्यसैगरी १९० जना भान्छे र १० जना हजाम पदका लागि पनि प्रहरीले विज्ञापन गरेको छ ।

त्यसैगरी प्रहरीले २५ जना खेलाडी र २० जना कुचिकारका लागि पनि विज्ञापन आह्वान गरेको छ । नयाँ खुलेको विभिन्न पदका लागि योग्यता पुगेका नेपालीले दर्खास्त दिनसक्ने बताइएको छ । अन्य पदका लागि देशका विभिन्न स्थानबाट दरखास्त दिन सकिने भए पनि खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट मात्र दिन सकिने बताइएको छ ।

यहाँ क्लिक गरेर हेर्नुहोस विज्ञापनको पूरा विवरण

 

Loading...