अस्थायी शिक्षक र प्रदेश सरकारबिच सहमति, ३२ दिनदेखि चलेको धर्ना स्थगित

जनकपुरधाम । विगत ३२ दिनदेखि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिँदैं आएका अस्थायी शिक्षक र प्रदेश सरकारबीच सहमति भएको छ ।

सहमति पछि धर्ना स्थगीत गरिएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले जनाएको छ । प्रदेश सरकार र अस्थायी शिक्षकबीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको र अब यसको स्वरुप परिवर्तन गरिने बताइएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साह धर्नास्थलमा पुगेर सहमतिलाई पालना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको तथा अस्थायी शिक्षकहरुलाई धर्ना तोड्न आग्रह गरेपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धर्मेन्द्र कुमार यादवले धर्ना स्थगीत गरि आन्दोलनको स्वरुप परिवर्तन गरिएको जानकारी दिए । सरकारले आफुहरुको समस्या समाधान गर्न वचन दिएकोले आन्दोलन स्थगीत गरेको उनले बताए ।

Loading...