डिएसपी ढुंगेललाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालय र अख्तियारको ताकेता

काठमाडौं, ३ साउन । नेपाल प्रहरीका प्रहरी नावय उपरिक्षक कुमुद ढुंगेललाइ गिरफ्तार गर्न अख्तियारले पत्र लेखेकाे छ । साेही अाधारमा प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर टेकुलाइ निर्देशन दिएर डिएसपी ढुंगेललाइ पक्राउ गर्न निर्देशन दिएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु गरेको छ । अायाेगले गत असार २८ गते नै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रहरी प्रधान कार्यालयले पनि ढुंगेललाई पक्राउ गरी अख्तियारमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई निर्देशन दिएको हाे । साेही वमाेजिम महानगरीय प्रहरी परिसर टेकुले ढुंगेललाई यथासक्य चाँडो प्रहरी परिसरमा हाजिर हुन सूचना जारी गरेको छ । ढुंगेल यदि अाफै उपस्थित नभए पक्राउ गर्ने परिसरका प्रहरी प्रमुख एसएसपी उत्तम राज सुवेदीले जानकारी दिएका छन् । उनले डिएसपी ढुंगेल कता छन भन्ने खाेजि पनि भइरहेकाे बताए ।

Loading...