खोलाले बगाएको मानिसलाई प्रहरीले उद्धार गरे

हेटौंडा, २९ असार । हेटौंडा उपमहानगरपालिका -१५ को रातोमाटे स्थित रहेको खहरे खोलाले बगाएका एक जनाको प्रहरीले उद्धार गरेको छ । नामथर नखुलेको अन्दाजी ४५ का व्यक्तिलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको प्रहरीले बताए ।

उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछी भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

अविरल वर्षापछि आएको बाढीपहिरोबाट धनजनको क्षति भएको छ पहाडी क्षेत्र पहिरोको मारमा परेको छ भने तराइभने बाढीको चपेटामा परेको छ ।

Loading...