तीन जलविद्युत आयोजना तहसनहस पार्ने दोर्दी खोलामा यसरी आएको थियो भयानक बाढी (भिडियो)

लमजुङ, ९ साउन । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो ४ बजेतिर अचानक आएको बाढीले बगाउँदा अहिलेसम्म चार जनाको शव भेटिएको छ । दोर्दी खोलामा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई खोलामा अचानक आएको बाढीले बगाएको थियो । साथै सुरुङमा काम गर्ने मजदुरहरु पनि सुरुङमै बाढी पस्दा वेपत्ता भएका थिए । बाढीले बगाएका २ जनाको शव दोर्दी […]

प्रचण्ड र बाबुरामलाई अन्तराष्ट्रिय अदालतमा पुर्‍याउने पत्रकार सम्मेलनबाटै गरियो यस्तो घोषणा

काठमाडौं, ९ साउन । संसदीय व्यवस्थालाई ध्वस्त पार्दै नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्नका लागि चलेको १० जनयुद्धका प्रमुख कमाण्डरहरु पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई अन्तराष्ट्रिय फौजदारी अदालतमा लगेर सजाय दिलाउने घोषणा गरिएको छ । जुन व्यवस्था फाल्न भनेर गरिएको युद्धमा १४ हजार बढी मान्छेको रगत बग्यो, त्यही व्यवस्थामा फर्केर उनीहरुले युद्धमा मर्नेहरुमाथि […]

रामेछापमा भीषण आगलागी – ४ घर जलेर नष्ट, नियन्त्रणको प्रयास जारी

रामेछाप, ९ साउन । रामेछापको रामेछाप नगरपालिका -३ स्थित साँघुटार बजारमा भीषण आगलागी भएको छ । वर्षाको मौसममा समेत आगलागीबाट ४ घर जलेर नष्ट भएका छन् । विहान करिब ७ बजेबाट लागेको आगो नियन्त्रमा लिन गाह्रो भएपछी स्थानीय आतंकित बनेका छन् । स्थानीय राजन सुबेदीको घरमा विद्युत सर्ट भएपछि आगलागी भएको स्थानीय शिक्षक अनिरुद्र सुबेदीले […]

अब गाउँगाउँमा विद्युतीय भुक्तानी सेवा बढाउन मौद्रिक नीतिले ल्यायो यस्तो व्यवस्था

काठमाडौं, ८ साउन । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको छ । अब नगद कारोबारलाई क्रमशः घटाउँदै लगेर विद्युतीय भुक्तानीलाई बढावा दिने नीतिमा उल्लेख छ । विद्युतीय भुक्तानीको सेवा बढाउनका लागि राष्ट्र बैंकले आधुनिक प्रविधि तथा पूर्वाधारहरुको विकास गर्ने जनाएको छ । नयाँ मौद्रिक नीतिमा भनिएको छ, “डिजिटाइजेशन र फिनटेकको उपयोग बढाई […]

लमजुङमा मध्य दिउसो एकाएक भीषण बाढी आउँदा १६ जना बगे, २८ मजदुर सुरुङमै थुनिए

लमजुङ, ८ साउन । लमजुङको दोर्दी खोलामा भीषण बाढी आउँदा ठूलो धनजनको क्षति भएको छ । बुधवार दिउसो ४ बजेतिर आएको बाढीले निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु र जलविद्युतका सामानहरु बगाएको छ । बाढी आउँदा भागेर ज्यान जोगाएका मजदुर अमर बस्नेतले बज्रगुरु जलविद्युत आयोजनाको इनलेटमा रहेका १६ जना मजदुरलाई बाढीले बगाएको भाग्दै गर्दा ननस्टप […]

उपकुलपति होस् कि पदाधिकारी होस्, दोषी देखिए कसैलाई पनि छाडिन्न- प्रधानमन्त्री ओली

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीति नगर्न चेतावनी दिएका छन् । राजनीतिको मैदान नबनाउन आग्रह गर्दै उनले प्रतिष्ठान बिगार्न उद्धत जोकोही भएपनि नछाड्ने चेतावनी दिएका हुन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानको तेस्रो सभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । […]

वार्ताबारे आयो विप्लवको विज्ञप्ति, अब कडा प्रतिरोधमा जाने चेतावनी

काठमाडौं । सञ्चारमाध्यममा अाएका वार्ताका व्यापक हल्लाका बारेमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीकाे धारणा प्रष्ट पारेका छन् ।  सरकारले वार्ताकाे हल्ला चलाइरहेकै बेला पार्टीका प्रभावशाली नेता माइला लामालाइृ गिरफ्तार गरिएपछि निकै अाक्राेशित बनेका विप्लवले एक विज्ञप्ति जारी गरेर सरकारविरुद्ध प्रतिराेधमा उत्रन ढिला भइसकेकाे बताएका छन् । उनले सरकारले एकातिर वार्ताको ‘कुप्रचार गर्ने’ […]

सर्लाहीमा करेन्ट लाग्दा गयो मजदुरको ज्यान : खतरायुक्त काम गर्ने मजदुरको सुरक्षा चिन्ता

सर्लाही, ३ साउन । सर्लाहीको हरिवनमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । हरिवन – ११ स्थित उत्सव ग्रील उद्योगमा काम गर्ने मजदुरको ज्यान गएको हो । ज्यान जानेमा लालबन्दी- १० घर भएका ३६ बर्षिय मनोज भन्ने काजिमान बुढाथोकी रहेको प्रहरीले बताएको छ । ग्रील उद्योगमा शनिवार बिहान काम गर्ने क्रममा करेन्ट लागेर उनको […]

सर्लाहीमा घुस रकमसहित ईन्जिनियर समातिए

सर्लाही, ३ साउन । सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् । गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको […]

वार्ताबारे विप्लवको कठोर प्रतिक्रिया, वार्ताको हल्ला ‘भ्रमपूर्ण बकवास’ भएको दावी

काठमाडौं, २ साउन । वार्ताको हल्ला चलिरहेका बेला विद्रोही नेपाल कम्युनिस्ट पार्टीले सरकारप्रति कठोर प्रतिक्रिया जनाएको छ । सरकारका तर्फबाट सत्तारुढ दलका केही नेताहरु वार्ताको पहल गरिरहेको हल्ला चलिरहँदा विद्रोही नेकपाले ‘वार्ताको हल्ला भ्रमपूर्ण बकवास’ भएको बताएको छ । नेकपाका पोलिटब्यूरो सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै सरकारले ‘गोयबल्स शैलीमा […]