रामेछापमा भीषण आगलागी – ४ घर जलेर नष्ट, नियन्त्रणको प्रयास जारी

रामेछाप, ९ साउन । रामेछापको रामेछाप नगरपालिका -३ स्थित साँघुटार बजारमा भीषण आगलागी भएको छ ।

वर्षाको मौसममा समेत आगलागीबाट ४ घर जलेर नष्ट भएका छन् । विहान करिब ७ बजेबाट लागेको आगो नियन्त्रमा लिन गाह्रो भएपछी स्थानीय आतंकित बनेका छन् ।

स्थानीय राजन सुबेदीको घरमा विद्युत सर्ट भएपछि आगलागी भएको स्थानीय शिक्षक अनिरुद्र सुबेदीले ननस्टपखबर लाई बताए । सुबेदीका अनुसार राजन सुबेदीको घर बाट शुरु भएको आगो छिमेकी घरहरुमा पनि सल्किएका छन् । स्थानीय अंकित श्रेष्ठ, नवीन बुढाथोकी, कुमार थापा र अनिस थापाका घर समेत जलेको उनले जानकारी गराए ।

 स्थानीय बैंकको उपलब्ध आगो निभाउने सिलिन्डरको भरमा आगो नियन्त्रणको प्रयास भैरहेको बताइएको छ । आगो नियन्त्रण गर्न स्थानीय जनता र प्रहरी लागि परेका छन ।

अपडेट : उक्त आगलागी नियन्त्रणमा आएको जिप्रका रामेछापले बताएको छ । आगलागीबाट ठूलो धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षती नभएको प्रहरीको भनाइ छ ।

https://www.facebook.com/anirudra.subedi.5/videos/1308388322658443/

 

Loading...