युरोपियन गोल्डेन बुट चाैथाेपटक पनि मेसीले नै जिते

काठमाडौं । लियाेनल मेसीले अर्काे महत्वपूर्ण सफलता हात पारेका छन् । स्पेनिश फुटबल क्लब बार्सिलाेनाबाट व्यवसायिक फुटबल खेल्दै अाएका अर्जेन्टिनी स्टार मेसीले युराेपियन गोल्डेन (सू अवार्ड) प्राप्त गरेका छन् ।

२०१६/१७ काे सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा बढी गाेल गरेका मेसीलाई शुक्रबार गोल्डेन बुट अवार्ड दिइएको हो । मेसीले यस सिजन ३७ गोल गरेका गरेका थिए । उनलाई बार्सिलोनाकै मेसीका सहकर्मी खेलाडी लुइस स्वारेजले बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू प्रदान गरेका हुन् ।

यो युरोपका प्रमुख लिगमा कुनै खेलाडीले गत वर्ष गरेको सर्वाधिक गोल हो । यसअघि उनले सन् २०१०, २०१२ र २०१३ मा गोल्डेन बुट अवार्ड हात पारीसकेका छन् । यो जितसँगै स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

युरोपियन स्पोर्टस मिडियाले आयोजना गर्ने गोल्डेन बुट अवार्ड मेस्सीले पाएको यो चौथो पटक हो । अघिल्लो वर्ष यो अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले ४० गोल गरेर यो अवार्ड जितेका थिए । रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले पनि चारपटक नै यो अवार्ड जितिसकेका छन् । यो उपाधीसँगै मेसीले प्रतिद्वन्द्वी पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको अवार्डसँग बराबरी गरेका छन् ।

मेस्सीले यसअघि २०१०, २०१२ र २०१३ मा यो उपलब्धी हासिल गरेका थिए । रोनाल्डोले सन् २००८, ०११, ०१४ र ०१५ मा यस अवार्ड जितेका थिए ।

मेस्सीले पहिलो पटक सन् २०१२/१३ को सिजनमा लिगमा ४६ गोल गर्दै अवार्ड जितेका थिए । उनले २००९/१० मा ३४ गोल र २०११/१२ मा ला लिगामा कीर्तिमानी ५० गोल गर्दै अवार्ड जितेका थिए ।

Loading...