प्रचण्डलार्इ काँग्रेससँग पार्टी एकता गर्न माेहन बैद्यकाे सुझाब

रुपन्देही, १ असाेज । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेससँग एकता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन्।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यलेभने, ‘कांग्रेस र माओवादी केन्द्रको कुरा मिल्छ एकता गर्दा हुन्छ।’ उनले माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै हालतमा पनि एकता हुन नसक्ने भन्दै विप्लव माओवादी र मोहनविक्रम सिंहको मशालसँग भने एकता हुने सक्ने बताए। ‘सच्चा क्रान्तिकारीहरु बीच एकता र धु्रवीकरण हुन्छ। त्यसैले उहाँहरुसँग छलफल चलिरहेको छ’, उनले भने।

अध्यक्ष वैद्यले प्रचण्ड कम्युनिष्ट भएको नाटक गरेको आरोप लगाउँदै भने ‘प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन्।’

मुलुकमा सत्ता सञ्चालकहरु फेरिए पनि राज्यसत्ता परिवर्तन नभएको भन्दै उनले नयाँ जनवादी क्रान्तिका लागि पार्टीले तयारी थालेको बताए। आफ्नो पार्टी मुलुककै वैकल्पिक शक्तिका रुपमा उदयमान हुंने दावी गदै वैद्यले जनताको राज्यसत्ता कायम गरेरै छाड्ने दाबी गर । अहिलेको अवस्थामा चुनाव वहिस्कार गरेर जान नसकिने भन्दै उनले पार्टीको राष्ट्रिय सम्मेलनले त्यसको छिनोफानो गर्ने जानकारी दिए।

Loading...