विप्लवले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र वार्ता गर्ने सरकारका प्रवक्ताकाे प्रष्टोक्ति

काठमाडौं, २ साउन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे अाधिकारिक धारणा बाहिर अाएकाे छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र सरकारले वार्ता गर्ने प्रष्ट पारेका छन् । साथै प्रवक्ता बास्कोटाले विप्लवका शर्तहरु मानेर वार्ता नगर्ने पनि प्रष्ट पारेका छन् । त्यसको लागि सिके रावतले जस्तै पार्टी दर्ता गर्नुपर्ने र ‘हिंसा छोडियो, संविधान मानियो, प्रतिपर्धामा आइयो´ भन्नुुुुपर्नेे प्रष्ट पारेका छन ।

सिंहदरवारमा पत्रकार सम्मेलन नै आयोजना गरेर मन्त्री बास्कोटाले याे धारणा सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले वार्ता अगाडि मुद्दा फिर्ता गर्ने, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्ने जस्ता कुनै पनि काम नहुने पनि प्रष्ट पारे ।

सरकारले विप्लवसँग वार्ता गर्न मान्छे खटाएको र सोही वमोजिम विभिन्न चरणमा वार्ता भइरहेको भन्ने व्यापक हल्ला आइरहेका बेला मन्त्री बास्कोटाले यस्तो धारणा अाएकाे हाे । सरकारका प्रवक्ताको यस्तो धारणा आएपछि वार्ता केवल हल्लामा मात्र सीमित भएको पुष्टि भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह वमोजिम नै सत्तारुढ दलका महासचिव बिष्णु पौडेल समेत वार्तामा लागेको कुरा आएको थियो । त्यसैगरी सरकारले यसअघि गठित वार्ता टोलीका संयोजक रहेका सोमप्रसाद पाण्डेलाई लगाएर अनौपचारिक वार्ता भइरहेको हल्ला चलेको थियो ।

ती सबै हल्लाहरुलाई खण्डन गर्दै मन्त्री बास्कोटाले भने, ‘वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुुँदैन ।’

विप्लवले वार्तालाई आफ्ना मान्छे छुटाउने र शक्ति सुदृढ गर्ने अर्थमा मात्र लिन सक्ने मन्त्री बास्कोटाको भनाई थियो । मन्त्री बास्कोटाले जनयुद्धकालमा २०६० सालमा दाङको हापुरेमा गएर वार्ता भङ्ग भएको प्रसङ्ग निकाल्दै अब फेरि हापुरे पुनरावृत्ति हुन नसक्ने बताए । उनले प्रश्न गरे, ‘मान्छे पहिला छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने, त्यसपछि उहाँहरु वार्तामा आउनु भएन भने ?’

बास्काेटाले अगाडि थपे, ‘सिके राउतको झैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आउनुहुन्छ भने जुनसुकै बेला कुरा गर्न तयार छौं । हिंसा छोडियो, संविधान मानियो, प्रतिपर्धामा आइयो भनेपछि सबै मिल्छ । पहिलो केही विगारेको भए पनि भइगाे नि त भन्न सकिन्छ ।’

Loading...