ललितपुर । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। कलेजको अनुसन्धान व्यवस्थापन कक्षको आयोजनामा शनिबार आयोजित एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), विशाल तथ्याङ्क विश्लेषण, ब्लकचेन प्रविधि, क्लाउड कम्प्युटिङ, वित्तीय प्रविधि (फिनटेक), साइबर सुरक्षा […]
सूचना प्रविधि
रोजगारीका लागि विदेशिनु नपर्ने वातावरण बन्दै गएको डा मल्लको दाबी
ललिता साह, भक्तपुर । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले सूचना प्रविधिमा आधारित उद्यम र स्टार्टअप व्यवसायको विस्तारसँगै नेपाली युवाले रोजगारीका लागि विदेशिनु नपर्ने वातावरण बिस्तारै तयार हुँदै गएको बताएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कार–२०८३’ कार्यक्रममा बोल्दै उनले युवाको सिर्जनशीलता र […]
महावीर पुन पुनः मन्त्री बन्ने
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्। प्रधानमन्त्री सचिवालय श्रोतले पुन मन्त्री बन्न लागेको पुष्टि गरेका छन्। श्रोतका अनुसार पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। पुन यसअघि सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीका […]
भक्तपुरमा डोजर आतंक भयो : सांसद खत्री
भक्तपुर । रास्वपा नेता एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले भक्तपुरमा डोजर आतंक देखिएकोले त्यो बन्द गरिने बताएका छन् । नेपाल प्रेस सोसाइटीको भित्तेपात्रो सार्वजनिक कार्यक्रमलाई सोमबार सूर्यविनायकमा सम्बोधन गर्दै उनले भने, “डोजर छ भन्दैमा जहाँतही कोपर्न हुँदैन ।” नियमबिपरित डोजर लगाई जमिन कोपर्ने सबैलाई कार्वाही हुने उनको दावी छ । उनले सूर्यविनायकमा […]
हुलाकलाई पुनर्जीवन दिनुपर्नेमा जोड
भक्तपुर । कुनैबेला सूचना र सञ्चारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको हुलाक सेवालाई पुनर्जीवन दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला हुलाक कार्यालय भक्तपुरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले हुलाक सेवालाई पुनर्जीवन दिनुपर्नेमा जोड दिएका हुन् । बिहीवार आयोजित कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वासिलो, भरपर्दो र सस्तो भएपनि यसको प्रचारप्रसार […]
प्रेस सेन्टरको स्थापना दिवसमा तीन पत्रकार पुरस्कृत
काठमाडौ । प्रेस सेन्टर नेपालले २२ औं स्थापना दिवसको अवसरमा तीनवटा पुरस्कार वितरण गरेको छ । सेन्टरले स्थापना गरेको पुरस्कारबाट बिहीबार तीनजना प्रेस सेन्टरकर्मी पत्रकार पुरस्कृत भएका छन् । सहिद कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार नेपालगन्जका पत्रकार नरेन्द्रजङ्ग पिटरलाई प्रदान गरिएको छ । पिटर वरिष्ठ पत्रकार, लेखक एवं राजनीतिक विश्लेषक हुन् । त्यसैगरी शक्ति तारा […]
पत्रकार महासंघको बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग
काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रिय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्वको माग गरेका छन्। नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्व अध्यक्ष गणेश प्रसाद बन्जाडेले महासंघको केन्द्रिय समितिलाई सम्बोधन गर्दै बुझाएको औपचारिक निवेदनमार्फत प्रवासमा स्थापित पत्रकार महासंघका शाखाहरूलाई विगतदेखि नै उपेक्षा गरिएको गम्भीर आरोप लगाएका छन्। […]
नेपाली बजारमा आयो नयाँ स्मार्टफोन
काठमाडौँ । HONOR ले नेपालमा आफ्नो नयाँ स्मार्टफोन HONOR X9d सार्वजनिक गरेको छ। मजबुत डिजाइन, शक्तिशाली प्रदर्शन र उच्च विश्वसनीयताका साथ HONOR X9d आधुनिक प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ । यस स्मार्टफोनमा २.५ मिटर ड्रप रेसिस्टेन्स, IP69K रेटिङ, ८३००mAh क्षमताको ठूलो ब्याट्री र १०८MP उच्च रेजोलुसन क्यामेरा जस्ता विशेषता छन्। HONOR X9d दुई […]
सामाजिक सञ्जालमा बालबालिकालाई प्रतिबन्ध लगाउँदै फ्रान्स
काठमाडौ । शक्तिशाली राष्ट्र फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानुनी प्रक्रिया तीव्र बनाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँले सरकारले द्रुत प्रक्रियामार्फत विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन्। बीएफएम टेलिभिजनमा प्रसारित भिडियो सन्देशमा म्याक्रोँले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र, सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखिएको स्पष्ट गरेका छन्। फ्रान्सेली संसदमा यससम्बन्धी विधेयकमाथि बहस भइरहेको […]
मन्त्री खरेलले गरे पीएएसएस प्रणालीको प्रसंशा, देशब्यापी बिस्तार गर्ने प्रतिवद्धता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय लागू गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गरेका छन् । मंगलबार अनुगमनका क्रममा उनले पछिल्लो समय कार्यालयले पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएएसएस) लागू गरेको र यसले सेवाग्राहीलाई सजिलो र छिटो सेवा दिन सहायता गरेको बताए । सञ्चारमन्त्री खरेलले पीएएसएस प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्न […]











