अनुसन्धान र प्रविधिमा लगानी बढाउन अध्यक्ष दाहालको जोड

ललिता साह, ललितपुर । सूचना प्रविधि, नवप्रवर्तन र अनुसन्धानमा विश्व तीव्र गतिमा अघि बढिरहँदा नेपाल भने वैज्ञानिक अनुसन्धान र प्रविधिमा सरकारी लगानीको अभावले पछि परेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन्। राष्ट्रिय युवा परिषद्‍को आयोजनामा ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा बुधबार सम्पन्न ‘युवा वैज्ञानिक सम्मेलन २०२५’ मा उनले यस्तो धारणा […]

प्रेस स्वतन्त्रता कुनै निकायको आदेशद्वारा सीमित गर्न मिल्दैन- पत्रकार महासंघ

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा दिएको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको रिट निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलवार अप्रमाणित तथा तथ्यहीन समाचार प्रकाशन नगर्नु र प्रकाशित समाचारहरू […]

सिंहदरवार बोलाएर सञ्चारकर्मीलाई दिइयो जीवन विज्ञानको मूलमन्त्र

काठमाडौ । “यदि प्रत्येक व्यक्तिले दिनमा १५ मिनेट योगाभ्यास गर्छ भने, सरदर आयुमा १४ वर्ष थपिन सक्छ,” जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले भने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित ‘योग प्रशिक्षण कार्यक्रम’मा योग अभ्यास गराउँदै मंगल बार उनले यस्तो तथ्य बताएका हुन् । सिंहदरवारस्थित रेडियो नेपालको सभाहलमा […]

सूचनाको हक सम्बन्धी अभियन्तासंग जिल्ला हुलाक कार्यालय भक्तपुरको अन्तरक्रिया

भक्तपुर । जिल्ला हुलाक कार्यालय भक्तपुरले सूचनाको हक कार्यान्वयनलाई जिल्लामा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अभियन्ता एवं सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख सीता साम्बाले सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अवगत गराउँदै सरोकारवालासंग यसका लागि आवश्यक सुझाव लिएकी हुन् । कार्यालय प्रमुख साम्बाले हालसम्म ३५ वटा कार्यालयले सूचनाको हक प्रयोग गरी माग भएका सूचनाको […]

२५ वर्षपछि मानिस कहिल्यै नमर्ने भविष्यविदको दावी

न्यूजकारखाना, काठमाडौं । अमरताको विचार मानव सभ्यताको शुरुवातसँग जोडिएको छ।  वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्।  तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ । आज हामी यस्तो […]

वरिष्ठ अधिवक्ता थापाले पत्रकारमाथि दुर्ब्यवहार गरेकोप्रति पत्रकार महासंघ उपत्यकाको आपत्ति

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय बाहिर फोटो खिचिरहेका पत्रकार उमेश कार्कीमाथि सार्वजनिक रूपमा अभद्र व्यवहार गरेपछि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कडा आपत्ति जनाएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक स्थलमा सार्वजनिक व्यक्तिको व्यवहार सभ्य र संयमित हुन अत्यन्त आवश्यक हुन्छ। तर, वरिष्ठ […]

प्रधानमन्त्री ओलीको प्रश्नमा एआईले दियो यस्तो उत्तर, कनेक्ट किसानको प्रशंसा

राजन दाहाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रविधिको परीक्षण गर्दै ‘कनेक्ट किसान’को एआई सल्लाह प्रणालीलाई कफि सुकाउने तरिकाबारे सोध्दा, प्रणालीले तुरुन्तै व्यावहारिक र वैज्ञानिक उत्तर दिएर सबैलाई चकित पारेको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रमका दौरान प्रधानमन्त्री ओलीले नेपालीमै प्रश्न राख्दै सोधेँ, “कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ?” प्रश्नको उत्तरमा कनेक्ट […]

बागमती प्रदेशमा पत्रकार तथा सर्जकहरू सम्मानित

हेटौंडा । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता, चलचित्र र लघु चलचित्र क्षेत्रमा सक्रिय २० जना व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौकी अध्यक्ष शोभा अर्याल संस्थागत पत्रकारिता विधामा सम्मानित भएकी छन् । प्रदेश भित्रका १३ जिल्ला शाखामा अर्याल अध्यक्ष निर्वाचित एक्ली महिला हुन् । कार्यक्रममा […]

गणतन्त्र माओवादीको रगतले लेखिएको हो : पूर्वमन्त्री शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले अरुका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् । कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा गरेको ‘पिसिएन सम्बाद’ कार्यक्रममा उनले गणतन्त्र माओवादीको रगतले लेखिएको बताएकी हुन् । उनले भनिन्, ‘गणतन्त्र सानो […]

बंगालको खाडी हुँदै नेपाल यात्रामा मनसुन, व्यापक वर्षाको सम्भावना

भक्तपुर । बंगालको खाडी हुँदै दक्षिण एशियामा सक्रिय बन्दै गएको मनसुन प्रणाली अब नेपाल नजिकिँदै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बंगालको खाडीको उत्तर–पश्चिम र दक्षिण–पश्चिम क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ भने भारतको केरला राज्य, माल्दिभ्स, श्रीलङ्का लगायतका क्षेत्रहरूमा समेत मनसुन प्रभाव देखिन थालेको छ। यही प्रणाली विस्तार हुँदै क्रमशः उत्तरतर्फ सर्ने क्रममा रहेकोले नेपालमा पनि […]