गोंगवु विभत्स हत्यामा सम्लग्न भएको आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहोराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनी बोहोराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ ।उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । आइतबार […]

गोंगबुमा सुटकेशमा टाउको र खुट्टा विना भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं, २६ साउन । काठमाडाैंकाे गोंगबुमा विभत्स अवस्थामा सुटकेशमा फेला पारिएको शवकाे पहिचान भएकाे छ । उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले पत्ता लगाएकाे छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । तस्विर सार्वजनिक भएपछि पहिचान खुलेकाे हाे । मृतक बाेहरा नयाँ बजार क्षेत्रको एक उद्योगमा […]

सोलुखुम्बुको चोकर्मा हिमताल फुट्यो

काठमाडौं, २५ साउन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए । तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी […]

स्वास्थ्य मन्त्रालयकै चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् । स्रोतको अनुसार संक्रमित कर्मचारीको […]

तराईका जिल्ला र सार्क देशमा तत्काल उडान नहुने

काठमाडौं, २५ साउन । सरकारले भदाै १ देखि हवाइ उडान खुलाउने भने पनि केही थाेरै स्थानमा मात्र खुल्ने भएकाे छ । अान्तरिक तर्फ पाेखरा, भरतपुर र केही पहाडी जिल्लामा मात्र उडान गर्ने गरी तयारी भइरहेकाे स्राेतले जनाएकाे छ । साथै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान पनि केही निश्चित गन्तव्यमा मात्रै हुने भएका छन् । त्यसमध्ये […]

टीकापुरमा दुई समूहबीच झडपमा धारिलो हतियार प्रहार हुँदा ५ घाइते, ३ गम्भीर

टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले […]

नातामा बलात्कार अभियोग लागेका वडाध्यक्ष पूर्पक्षका लागि जेल चलान

कालिकोट जिल्लाको खाँडाचक्र ६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । बालिका बलात्कार अभियोग लागेका उनी पूर्पक्षका लागि जेल चलान भएका हुन् । ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले शुक्रवार पूर्पक्षका लागि जेल चलान गरेको हो । नाता पर्ने स्थानीय एक बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा सुनुवाई गर्दै […]

पछिल्लो एकैदिन मात्रै थपिए ४६४ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या नाघ्यो २२ हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार नाघेकाे छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमले नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार […]

असनका तीन फेन्सी पसल सञ्चालकहरुमा कोरोना संक्रमण

काठमाडौँ । निकै भिडभाड हुने राजधानी काठमाडौँको व्यापारिक क्षेत्र असनका तीन स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ती तीनै जना राजधानीको महाबौद्धमा फेन्सी पसल चलाउँथे। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा उनीहरुको फेन्सी पसल रहेको क्षेत्रमा अहिले कडाइ गरिएको छ। काठमाडौँ उपत्यकाको वडा २७ मा पर्ने असन क्षेत्रमा उनीहरुको बसोबास छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको […]

काठमाडौंमा एक व्यक्तिले गरे आफ्नै पत्नी र छोरीलाई स्प्रिट प्रहार

काठमाडौं, २३ साउन । घरायसी झगडामा राजधानी काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीको अनुहारमा स्प्रिट हानेका छन् । काठमाडौंको चुच्चेपाटीमा बिहीबार बेलुका यस्तो घटना भएको हो । मकवानपुरको हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले आफ्नी ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई स्प्रिट आक्रमण गरेका हुन्। बिहीबार बेलुका […]