असनका तीन फेन्सी पसल सञ्चालकहरुमा कोरोना संक्रमण

काठमाडौँ । निकै भिडभाड हुने राजधानी काठमाडौँको व्यापारिक क्षेत्र असनका तीन स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

ती तीनै जना राजधानीको महाबौद्धमा फेन्सी पसल चलाउँथे। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा उनीहरुको फेन्सी पसल रहेको क्षेत्रमा अहिले कडाइ गरिएको छ।

काठमाडौँ उपत्यकाको वडा २७ मा पर्ने असन क्षेत्रमा उनीहरुको बसोबास छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले आवागमन र हिँडडुलमा कडाइ गर्दै लगेको छ।

Loading...