राजधानी काठमाडौँमा भेटिए एकै दिन अहिलेसम्मकै बढी १०६ कोरोना संक्रमित

काठमाडाैँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २, काठमाडौँका ३९ र ललितपुरका ३ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै वीर अस्पतालमा गरिएको परिक्षणका काठमाडौँका ४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ७ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ११ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरि विध ल्याबमा गरिएको परिक्षणमा ललितपुरका १ र काठमाडौँका २ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ र काठमाडौँका १ जना र सूर्य हेल्थ केयरमा काठमाडाैँमा गरिएको परिक्षणमा काठमाडाैँका ४ जना कोरोना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

काठमाडाैँ उपत्यकामा बिहीबार ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए।

Loading...