पछिल्लो एकैदिन मात्रै थपिए ४६४ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या नाघ्यो २२ हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार नाघेकाे छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमले नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ,२१४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केकाे पनि उनले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १५ हजार ८१४ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले देशभरि विभिन्न स्थानमा १० हजार २०५ जना क्वारन्टिनमा छन्।

Loading...