गोंगबुमा सुटकेशमा टाउको र खुट्टा विना भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं, २६ साउन । काठमाडाैंकाे गोंगबुमा विभत्स अवस्थामा सुटकेशमा फेला पारिएको शवकाे पहिचान भएकाे छ । उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले पत्ता लगाएकाे छ ।

शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । तस्विर सार्वजनिक भएपछि पहिचान खुलेकाे हाे । मृतक बाेहरा नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने गरेकाे खुलेकाे छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो ।

Loading...