उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४ सय यात्रुहरुलाई उपत्यका प्रवेश नाकाबाटै फिर्ता

काठमाडौँ। गृह मन्त्रालय द्वारा कोविड-19 सक्रमण रोकथाम तथा फैलिन नदिन सवै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा प्रेषित निर्देशन बमोजिम हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब १९ हजार ४ सय यात्रुहरुलाई विभिन्न प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।

मन्त्रालयले आइतबार जारि गरेको बिज्ञप्तिमा मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको जनाएको छ । यसैगरि हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधनलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्‍चात सो प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ ।  कोभिड-19 को बढ्दो संक्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाईपूर्वक कारवाही गर्ने कार्य निरन्तर जारी रहेको सो बिज्ञप्तिमा उल्लेख छ ।

Loading...