विष्णु पौडेलका अंगरक्षकमा कोरोना, महासचिव पौडेल पनि आइसोलेसनमा

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।

आइतबार पौडेलका पीएसओमा काेराेना संक्रमण पुष्‍टि भएको हो । उनकाे शुक्रबार परिक्षणाका लागि स्वाब संकलन गरिएकाे थियाे । पाैडेलका पीसओलाई अहिले प्रहरी अस्पतालमा भर्ना गरिएको छ । उनलाई लक्षण भने नदेखिएको बताइएकाे छ ।

अंगरक्षकलाइ काेराेना संक्रमण भएपछि महासचिव पौडेल पनि अहिले आइसोलेसनमा बसेका छन । उनले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका हुन् । उनकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ ।

महासचिव पाैडेलले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए । प्रचण्डका सुरक्षाकर्मीमा पनि संक्रमण देखिएकाे छ । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनी पनि आइसोलेसनमा बसेका छन् ।

Loading...