म अब लेख्दिन

  बिन्ती हजुर, मलाई माफ गर्नुहोस भयो ! म अब लेख्दिन ।। मैले त, वस्तिका भोकहरू नाङ्गो पैतलाका डोबहरू उमेर छँदैका वुढ्यौली बैंसहरू जिर्ण रहरहरू र खण्डहर सपनाहरू अलिकति विश्वास, अपेक्षा अनि भरोसा तिमी प्रतिको लेखेको न हुँ त्यही नै विरोध हुन्छ भने हजुरका लागी मलाई माफ गर्नुस महाशय भयो ! अब म लेख्दिन ।। […]

गाँउमा डोजर आयो र सम्बृद्धि आयो

गाँउमा डोजर आयो र सम्बृद्धि आयो पोहोर बारी बगायो अहिले घर बगायो ।। दुई भाई छोरा मलेशिया पठाएदेखि त आज गरीबले नि झुपडिमा टिन छायो ।। भाषण सुनेर तालिमात्रै के पिटेकोथ्यो सब तपाईकै लागि हो आश्वासन पायो ।। बल्ल-बल्ल गाउँ छिरेको सिँहदरबारले भटमास र गुन्द्रुकमा पनि कर लायो ।। एकछाक मासु खान रहर गर्यो छोराले […]

अविश्रान्त अपराजेय यात्री

गजल आफू आफ्नै मालिक हुँदैन जो ऊ साँचो दास हुन्छ तीन त्रिलोक चौधै भुवन जिते पनि उदास हुन्छ सिकारी भएको छ मान्छे अचेल सिकार पनि आफै विश्वास नभएको प्रेमको डुङ्गा डुब्ने सधैं त्रास हुन्छ खुशी खोज्दै पुतलीझैं जिन्दगी कैैले यता कैले उता मनमा मङ्गल भए ढुङ्गामा नि देउताको बाँस हुन्छ धर्मको पसलमा आस्थाको व्यापार मौलाएर […]

‘दुई ढुङ्गाको तरुल जस्तो जिन्दगानी’

 निर्दोष नेपाल- दुइ ढुंगाको तरुल जस्तो भएको छ जिन्दगानी !! बाच्न गरेको कबुल जस्तो भएको छ जिन्दगानी !! भमरा आउछ चुस्छ जान्छ प्रतिकार गर्न सक्दैन उ !! हो मेरो यिनै फुल जस्तो भएको छ जिन्दगानी !! हिजो एक दुख थियो आज दस थपियका छन् !! उमेरको महशुल जस्तो भएको छ जिन्दगानी !! गय पनि नगय […]

भूतको ताण्डव

बालुवाटारको बाँसघारीबाट फुत्त निस्केको मुलुकमारा रॉके भूत चकमन्न मध्यरातमा देशै भर आगो सल्काउन भस्मासुर शैलीमा राँको लिएर छिर्छ शीतले दरबार र,लगाउँछ मुलुक भरी डडेलो चण्ड-मुण्ड र मतियारहरूसंग उसको अपवित्र साँठगाठ छ बलिदान पछि ल्याइएको अबोध संबिधानमाथि बलात्कार गरेर छाति फुलाउँदै पाखण्डअी प्रलाप गाउँदै नग्न नृत्याङ्गनाको नाङ्गो नाच नाचेर हल्लाउँदै छ स्वाभिमानी नेपालको झण्डा बित्पाते भएर […]

कोरोना संक्रमणले वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ। ७६ वर्षीय उनको आज सोमबार बिहान निधन भएको हो। केही दिनयता उनको उपचार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भेन्टिलेटरमा राखेर भइरहेको थियो। यसअघि ह्याम्स अस्पतालमा पनि उनको उपचार गरिएको थियो। विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि […]

सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गरौँ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको बिध्यमान राजनैतिक संकट समाधान गर्न सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउनु पर्ने बताउनु भएको छ। उनले बुधबार बिहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिमको वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा नै अहिलेको राष्ट्रिय सरकार बनाउनुपर्ने र एक वर्षभित्र चुनाव गर्नुपर्ने बताएका हुन् ।  

कविको जन्मदिनमा काव्य–विमर्श र वाचन

छन्दवादी समाज नेपाल, रूपन्देहीले छन्द अभियन्ता, कवि तथा प्राज्ञ डा. देवी नेपालको जन्मदिनमा उहाँकै नवीनतम कृति ‘समुद्रमन्थन’माथि काव्यिक विमर्श गरेको छ । कार्यक्रमकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कृतिभित्रको एउटा श्लोक वाचन गरी गर्नुभएको थियो । उक्त कार्यक्रममा डा. गुरुङले परिष्कृत र कलात्मक भाषाशैलीको प्रयोग गरी पुराणकालील बिम्बहरूलाई लाक्षणिक रूपमा […]

लघुकथा- मेरा बाजस्तै

“आमा मलाई गणित र विज्ञान सारै गार्‍हो लाग्यो । ट्यूसन पढ्छु नि है ?” प्रभाले आमालाई भनी । “मलाई भनेर के गर्छेस् त ! भरे बा आएपछि भन् न ।” “बा त के मान्नु होला र ! आठ कक्षा पास भएपछि त अब नपढ् भन्नुहुन्थ्यो । तैपनि तपाईं नै एकपल्ट भनिदिनू न है आमा, ल […]

लघुकथा- जीतको हाँसो

साहुजीको आदेश थियो, “केटाहरूले फूलको गमलाहरू तल ल्याउँछन्, अलि राम्रोसँग मिलाएर राख्न लाउनू है …. । फुटाउलान् राम्रो गरी ध्यान पुर्याउनू ।” “हस्, हजुर” भनेर टाउको हल्लाएँ । मेरो पालो । उनीहरू धमाधम ल्याउने काम गर्न थाले । काम गर्थे तर एकदमै सुस्त । एउटा झार्थे, घण्टौँघण्टा बस्थे । हाँस्थे, बोल्थे अनि जिस्कन्थे । पुनः […]