बारा । प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा पाता फर्काई हाता बाँधेर कुटपिट गरेको भिडियोमा देखिन्छ । शिक्षक यादव स्थानीय एक कोचिङ सेन्टरका सञ्चालक समेत हुन् । […]
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । ‘आजसम्म […]
मोदीको स्नातकसम्बन्धी प्रमाण पत्रबारे उच्च अदालतले भन्यो- व्यक्तिगत विवरण
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक डिग्रीसम्बन्धी विवरण माग गरिएको विषयमा उच्च अदालत दिल्लीले ‘व्यक्तिगत विवरण’ भनेर व्याख्या गरेको छ। भारतीय अनलाइन लाइभ लका अनुसार केन्द्रीय सूचना आयोगले सन् २०१६ मा दिल्ली विश्वविद्यालयलाई स्नातक डिग्रीसम्बन्धी विवरण दिन निर्देशन दिएको थियो। त्यस निर्देशनलाई उच्च अदालतका न्यायाधीश सचिन दत्तको इजलासले रद्द गर्दै मोदीको डिग्रीसम्बन्धी विवरणलाई व्यक्तिगत […]
बाघ गणनाका लागि सरकारले छुट्यायो २० लाख, आवश्यक २ करोड
चितवन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागले यही वर्ष बाघ गणना पनि गर्ने भएको छ । गैंडा गणना गर्ने तयारी गरिरहेको विभागले बाघ गणना पनि यसै वर्ष गर्ने तयारी अगाडि बढाएको हो । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले २० लाख रकम विनियोजन गरेको छ । तर, बाघ गणनाका लागि झण्डै २ […]
झुटा समाचार, आवाज एवं स्टाटस फैलाएर मेरो बदनामी गर्न खोजियो- वाग्ले
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भारतसंग सीमासम्बन्धि विवाद गर्नु नहुने र भारत नेपालको भाग्यविधाता भएको भनेका भ्रमपूर्ण सामाग्री सामाजिक संजालमा भाइरल भएका छन् । यस्ता अभिव्यक्ति आफूले नदिएको उनले स्पष्ट पारेका छन् । क्यानाडाको नियगरा फल्सबाट मंगलवार फेसबुक भिडियो पोस्ट गर्दै वाग्लेले आफू डिप फेक (deepfake) प्रविधिको सिकार भएको खुलासा […]
वीरगञ्जमा हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुग्यो
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद […]
आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै
काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका (तीज) पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदैछ। यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। त्यसै दिनदेखि हरितालिका […]
सूचना प्रवाह सहज र पारदर्शी बनाउने ललितपुरका प्रजिअ घिमिरेको प्रतिबद्धता
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले पदभार सम्हाल्नासाथै पत्रकारसंघ भेटघाट गरी सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउने प्रतिबद्धता प्रकट गरेका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भेटघाट गर्दै उनले नागरिकले पाउने सूचनालाई समयमै उपलब्ध गराइने स्पष्ट पारे। “सार्वजनिक चासोका सूचना ढिलासुस्ती वा लुकाछिपी होइन, खुलेर दिनुपर्छ,” प्रजिअ घिमिरेले […]
माओवादीका सचिव भन्छन्, “सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ”
सिन्धुली । नेकपा(माओवादी केन्द्र)का सचिव गंगानारायण श्रेष्ठले समस्याग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । उनले सञ्चालकको सम्पत्ति र सहकारीहरूको भौतिक सम्पत्तिको छानबिन गरेर लगानी डुब्दै गरेका पीडितहरूलाई दिनुपर्ने बताएका हुन् । लगानी डुबेका बचतकर्ताहरुको समस्याप्रति सरकार गम्भीर नभएको उनको आरोप छ । सोमबार जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको […]
भदौ ११ गते राज्य व्यवस्था समिति सभापतिको निर्वाचन हुने
काठमाडौँ । संघीय संसद सचिवालयले राज्य व्यवस्था समितिको सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको छ। सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि तोकेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसँग त्रुटिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि […]











