काठमाडौं । बारामा पनि एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत एक जना झाडापखालका बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो । उनी कलैया कलैया नगरपालिका-१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन् । उनी हैजाको प्रकोप फैलिएको छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै […]
प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमण र कार्यक्रमबारे जानकारी दिएको हो। प्रधानमन्त्री ओलीले यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली सांघाई सहयोग शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। उनले भ्रमणका दौरान […]
पक्राउ पुर्जी जारी भएपछि एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित
काठमाडौँ । एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् । यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् । महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै […]
राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले लिइन् शपथ
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका हुन् । समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् । यसअघिका सभापति रामहरि […]
‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई
‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुमेका छन्। सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, […]
प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी मुद्दा- समर्थन फिर्ताको कागजात झिकाउन अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनस् समर्थन गरेको पत्र […]
आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत स्वीकारे रुबीकाे हत्या आरोप, भिडिओसहित
रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप लगाएका छन् । माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका […]
उखुकिसानले बिहीबार भुक्तानी पाउने
काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई […]
एमालेको दोस्रो विधान महाधिवेशनका लागि नारा तय
काठमाडौं । सत्तारूढ दल नेकपा(एमाले) ले दोस्रो विधान महाधिवेशनको नारा तय गरेको छ। महाधिवेशनका लागि “निर्णायक राष्ट्रिय शक्ति निर्माण–हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली–हाम्रो गन्तव्य” भन्ने नारा तय गरिएको हो । भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशन महत्वपूर्ण हुने बताइएको छ । ललितपुरको गोदावरीमा हुने महाधिवेशन प्रतिनिधिका लागि डिजिटल प्रवेश पासको ब्यवस्था मिलाइएको […]
भक्तपुरमा लागूऔषध ब्राउन सुगरका कारोबारी समातिए
भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । केदारचोकमा डेरा गरी बस्ने मोरङ कानेपोखरी-३ का ३० वर्षिय शरण राईलाई प्रहरीले दस ग्राम ब्राउन सुगरसहित सोमबार अपराह्न नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई लागूऔषध कारोबारी समेत रहेका प्रहरीको आरोप छ । प्रहरी वृत्त थिमिका डिएसपी नवराज […]











