इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति

सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको आज बसेको संयुक्त बैठकले विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ- ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण  “नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै […]

विद्या भण्डारीलाई अध्यक्ष बनाउने ओलीको सहमति थियो तर चीन भ्रमणपछि के-के भयो: प्रचण्ड

Prachanda

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधान र कानुनले नरोक्ने बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा सक्रिय हुन सदस्यता नवीकरण गरे पनि साउनको केन्द्रीय कमिटी बैठकले उक्त सदस्यता खारेज गरिदिएको थियो। पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय छ। ‘विश्वमा धेरै उदाहरण छन्- जो राष्ट्रपति, प्रधानमन्त्री भएपछि […]

भोटेकोशी नदीमा बगेर युवक बेपत्ता

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१, रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जी रहेका छन्। उनलाई आज बिहान ११:१५ बजेतिर नदीले बगाएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) सुनकाजी तामाङको कमाण्डमा चार जनाको टोली खटिएको […]

बिहीबार सुन प्रतितोला ४ सयले बढेर उच्च मूल्यमा पुग्यो, चाँदी पनि महँगियो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला चार सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य ऐतिहासिक […]

ओलीको सचिवालयले भन्यो- विद्या भण्डारीबारे प्रधानमन्त्रीले बोल्दै नबोलेका कुरा बाहिर ल्याएको देखियो

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्दै नबोलेका कुरा बाहिर ल्याइएको देखिएको बताएको छ। ओलीले बालुवाटारमा बुधबार साँझ काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्री ओलीले ‘विद्या भण्डारीबाहेक एमालेमा मलाई कसैले चुनौती दिन सक्दैन’ भनेको विषय बाहिर आएको थियो। ‘विद्याजीबाहेक […]

लक्ष्मी सनराइजको ‘म्युचुअल फन्डमा’ तुलनात्मक घाटा

Laxmi sunrise

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलअन्तर्गत रहेका ६ वटा म्युचुअल फन्डहरूले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश फन्डहरूको नाफा अघिल्लो महिना (असार) को तुलनामा घटेको देखिन्छ । सनराइज फर्स्ट म्युचुअल फन्डले साउनमा ४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो असारको १५ करोड […]

रौतहटमा चोरिएको ट्याक्टर सर्लाहीमा फेला

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको […]

आज देशका यी नदीमा बाढीको जोखिम उच्च

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजका लागि बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव […]

धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको छ । बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।

रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु

काठमाडौँ । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए । पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा […]