काठमाडौँ । फ्रान्समा दसौं हजार मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। राष्ट्रपति इमानुएल म्याक्रों र हालसालै उनले प्रधानमन्त्री बनाएका सेबास्टियन लेकोर्नुको विरोध गर्दै बिहीबार राजधानी पेरिसलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका हुन्। सरकारले २०२६ को बजेटमा सार्वजनिक खर्च कटौतीको योजनाहरू समावेश गरेपछि फ्रान्समा विरोध सुरू भएको थियो। सरकारको नीतिहरुको विरोधमा भइरहेको प्रदर्शनमा समर्थन बढिरहेको छ। […]
संविधान दिवसमा ‘नेपालको छोरी’ सार्वजनिक (हेर्नुस् भिडियो)
भक्तपुर । राग रागिनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको नयाँ राष्ट्रिय गीत “नेपालको छोरी” संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ। गीतमा टुना थापाको स्वर, कपिल कसपालको शब्द र भुपेन्द्र रायामाझीको संगीत रहेको छ। यस गीतको भिडियो निर्देशन निशान एस.के.ले गरेका छन्। गीतकार तथा सञ्चारकर्मी कपिल कसपालले “नेपालको छोरी” आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ […]
जेनजी आन्दोलन प्रहरीसँग नभएका हतियारले गोली हानियो, ताकी–ताकी गोली हान्ने आदेश थिएन : ओली
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् । भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो । आन्दोलनपछि […]
प्रचण्डको खुलासा : संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भयो
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन […]
सूर्यविनायक-५ मा डेरावालको तीनपुस्ते रेकर्ड गराउनुपर्ने, ३५ दिने म्याद जारी
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले घर बहालमा दिने घरधनीलाई आफ्नो बहालमा बस्ने व्यक्तिको विवरण बुझाउन अनुरोध गरेको छ। वडा कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै घर बहालमा दिने सबै घरधनीले बहालमा बस्ने व्यक्ति वा संस्थाको तीन पुस्ते विवरण ३५ दिनभित्र वडा कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको हो। वडा अध्यक्ष राजकुमार जोशीद्वारा […]
आन्दोलनको बहानामा पाँच तले मन्दिर ध्वस्त पार्ने षडयन्त्र थियो : विजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जेनजी आन्दोलनको बहानामा पाँंचतल्ले मन्दिर (ङातापोल)लाई ध्वस्त पार्ने षडयन्त्र गरिएको खुलासा गरे । गुन्हीपुन्ही सापारु अर्थात् गाइजात्रा- २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई बिहीबार […]
आन्दोलनमा षडयन्त्र देखिएको प्रचण्ड दावी, स्वतन्त्र छानबिनको माग
काठमाडौ । लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मागहरू आफूहरुले १० वर्षअघि नै संविधानसभामा फरक मतका रुपमा दर्ज गरेको बताए । “त्यतिबेला हाम्रो संख्या नपुगेका कारण हामी सम्झौतामा गएका थियौं, आजको जेन–जी आन्दोलनले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग त्यतिबेलै हाम्रो प्रमुख एजेण्डा थियो।” प्रचण्डले प्रष्ट पारे । […]
काठमाडौंका एसएसपी जिम्मेवारीबाट हटाइएर थापालाई पठाइयो
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए । उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् । २३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग […]
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगर्न अर्थ मन्त्रालयको निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगर्न निर्देशन दिएको छ । ओझालाई पुनर्बहाली गर्ने निर्णय नभएको भन्दै मन्त्रालयले हाजिर नहुन तथा अध्यक्षको रुपमा कार्य नगर्न निर्देशन दिएको हो । ओझाले सर्वोच्चको आदेश लिएर मंगलबार पुनर्बहाली गरेका थिए । सर्वोच्चले ओझालाई बर्खास्त गर्ने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश […]
भाडाको घर लिएर सैनिक ब्यारेकबाट फर्किए ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका […]











