काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको भोलि (शुक्रबार) बिहान तीन घण्टा सेवा अवरुद्ध हुने भएको छ । एनसेलले शुक्रबार बिहान १ देखि ४ बजेसम्म नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक कार्य गर्ने जानकारी गराउँदै सेवा अवरुद्ध हुने बताएको हो । सो अवधिमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू […]
शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा
ललितपुर । जेन-जेड आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको आत्माको चिरशान्ति र देशमा शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न भएको छ। राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले बुधबार ललितपुरमा सबै धर्मका धर्मगुरुहरूको सहभागितामा प्रार्थना सभा आयोजना गरेको जानकारी सञ्जालका अध्यक्ष भिक्षु पिया दस्सी महर्जनले दिए। सभामा हिन्दु, बौद्ध, कृष्ण प्रणामी, इस्लामिक, ख्रिस्टियन, किराँत, […]
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो । यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । ‘प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो’, […]
मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का […]
४८ एसपी र ९० डिएसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा सरुवा गर्दै ९० जना डीएसपी (प्रहरी नायब उपरीक्षक) र ४८ जना एसपी (प्रहरी उपरीक्षक) को जिम्मेवारी फेरबदल गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति सरुवा सूची सार्वजनिक गरेको हो । यसअन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुदिपराज पाठकलाई पर्सा जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने, उपत्यका प्रहरी […]
जेन–जी शहीदहरूको सम्झनामा पत्रकार महासंघ उपत्यकाको दीप प्रज्वलन
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जेन–जी आन्दोलनका क्रममा शहीद भएका युवाहरूको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यसमिति बैठकको निर्णयअनुसार कार्यक्रम आयोजना गरिएको प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले जनाएका छन् । जेन–जी पुस्ताको भावना सम्बोधन गर्नु र शहीदहरूको सपना पूरा गर्नु अहिलेको ऐतिहासिक आवश्यकता […]
पश्चिम नेपालमा भूकम्प, केन्द्रबिन्दु कहाँ ?
काठमाडौँ । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ । रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।
रानीबारीदेखि बानेश्वरसम्म लखेटिए सुदन गुरुङ, भन्छन् : आक्रमण प्रयास भयो
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले आफुमाथि आक्रमणको प्रयास भएको दावी गरेका छन् । उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।,’ उनले भने । […]
कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो
काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको […]
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक […]











